कुन राशीका व्यक्तिले कस्तो पर्स बोक्दा राम्रो ? हेर्नुहोस्

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

जोतिषका अनुसार कुन्डलीमा यदी केही ग्रह दोष रहेको छ भने मानिसलाई पैसाको समस्या भोग्नु पर्ने हुनसक्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् । यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा कमी आउन सक्नेछ । र, कयौं सकरात्मक फल पनि प्राप्त हुनेछ । हामीसँग जुनसुकै वस्तु हुन्छ ती सबै कुराको प्रभाव हाम्रो आर्थिक स्तरमा पनि पर्न सक्छ ।

पैसा राख्नको लागि पर्स सामान्यदेखि सबै व्यक्तिले बोक्ने गर्छन् । यदि पर्स राशीअनुसार राखियो भने धन सम्बन्धी कामहरुमा आएका समस्याहरु समाधान हुनसक्ने छन् ।

जान्नुहोस्, तपाइको राशी अनुसार कुन पर्स बोक्दा राम्रो

मेषः यो राशीका मानिसहरुले रातो पर्स वा मरुन रंगको पर्स बोक्दा राम्रो हुनेछ । यस राशीको श्वामी मंगल रहेको छ । र, मंगलको प्रिय रंग रातो हो ।

वृषः वृष राशीको स्वामी ग्रह शुक्र हो । अतः यस राशीका मानिसहरुले शुक्रसँग सम्बन्धीत रंग सेतो वा चम्कीलो सिल्भर रंगको पर्स बोक्नु लाभदायी हुनेछ ।

मिथुनः यस राशीका मानिसहरुको लागि हरियो रंग लाभदायी मानिन्छ । मिथुन राशिको स्वामी बुध हो । र, बुधको प्रिय रंग हरियो हुने गरेको मानिन्छ ।

कर्कटः यस राशीको स्वामी चन्द्र हो । चन्द्रको प्रिय रंग सेतो वा सादा रंग हुने गर्छ । अतः यस राशीका मानिसहरुले सेतो वा फिक्का रंगको पर्स बोक्नु लाभदायी हुने छ ।

सिंहः सिंह राशीको स्वामी सुर्य हो । सुर्यलाई उर्जाको प्रतिक मानिन्छ । यसको प्रिय रंग रातो, पहेलो र खैरो हो । अतः यस राशीका मानिसहरुले यही रंगको पर्स बोक्नु उचित हुने छ ।

कन्याः कन्या राशीको स्वामी बुध हो । बुध ग्रहको प्रिय रंग हरियो हुनेगर्छ । अतः यस राशीका मानिसहरुले हरियो रंगको पर्स बोक्नु फाइदाजनक हुनेछ ।

तुलाः यस राशिका मानिसहरुले सेतो रंग वा चम्कीलो रंगको पर्स बोक्नु लाभदायी हुने छ । तुला राशीको स्वामी शुक्र हो । र, यो सबै शुक्रको प्रिय रंग हो ।

वृषः वृष राशीको स्वामी मंगल हो । मंगलको प्रिय रंग कलेजी रंग हो । अतः यस राशीका मानिसहरुले कलेजी रंगको पर्स बोकेमा लाभदायी हुनेछ ।

धनुः धनु राशीको स्वामी ग्रह बृहस्पति हो । देव गुरु बृहस्पतिको प्रिय रंग पहेलो हो । अतः यस राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु लाभदायी हुनेछ ।

मकरः मकर राशीका मानिसहरुले निलो अथवा कालो रंगको पर्स बोम्नु फाइदा जनक हुनेछ । यस राशीको स्वामी शनि हो । शनिको प्रिय रंग निलो र कालो हो ।

कुम्भः जुन मानिसहरुको राशी कुम्भ रहेको छ, उनीहरुले निलो, कालो वा कुनै गाडा रंगको पर्स बोक्नु लाभदायी हुनेछ । यस राशीको स्वामी शनि हो । र, यस प्रकारको रंग शनिको प्रिय रंग हो ।

मिनः मिन राशिको ग्रह स्वामी गुरु हो । गुरुको प्रिय रंग पहेलो हो । अतः यो राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु अत्यन्त सुभदायी हुने छ ।

यसरी राशीअनुसार पर्स बोकेमा तपाइको पर्समा पैसाको कमी हुने छैन् । यस्तै तपाइले पैसाको विषयमा कुनै समस्या पनि भोग्नु पर्ने हुने छैन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply