२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्वस्थ्य संगठनका महानिर्देशकले कोरोना संक्रमणबाट बच्न दिएका केही उपयोगी सुझाबहरु

१५ चैत्र २०७६, शनिबार १८:०७

 कोरोना भाइरस (COVID-19) को संक्रमण विश्वव्यापी रूपमा फैलिएका कारण दैनिक जीवन यापन असहज बन्दै गएको सन्दर्भमा विश्व स्वस्थ्य संगठनका महानिर्देशक Dr Tedros Adhanom Ghebreyesusले संक्रमणसँग लड्न र शरीरलाई मानसिक र भौतिकरुपमा स्फूर्त राख्न निम्न सल्लाह दिनुभएको छ । यी सल्लाहको अनुसरण गरी जीवनलाई तनावमुक्त बनाउदै कोरोनाको संक्रमणबाट बचौँ र बचाऔं। यो कठीन् समयमा आफ्नो भौतिक र मानसिक स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । यसले शरीरलाई दीर्घकालीन फाइदा पुर्याउदछ ।

यसका लागिः

- स्वस्थ र पोषणयुक्त खाना खानुहोस् । यसले रोगसँग लड्ने क्षमतालाई मझबुत राख्न मद्यत गर्दछ ।

- चिनीको मात्रा धेरैहुने जूस तथा पेयपदार्थहरु सकेसम्म नखानुहोस् ।

- धुम्रपान नगर्नुहोस्। धुम्रपानले शरीरमा गम्भीर रोगहरु बढ्ने खतरा बढाउदछ । शरीरमा COVID -19 को संक्रमण भयो भने धुम्रपान झनै खतरा हुन्छ ।

- नियमित शारीरिक अभ्यास गर्नुहोस् । विश्व स्वास्थ्य संगठनले वयस्कहरुका लागि दैनिक ३० मिनेट र बच्चाहरुका लागि १ घण्टा शारीरिक अभ्यास हुनुपर्ने सिफारिश गरेको छ ।

- COVID-19 का कारण स्थानीय कानून र गाइडलाइनले बाहिर हिँडडुलमा रोकेकाे छैन भने घर बाहिर हिँडनुहोस्, दौडिनुहोस् ।

- घर बाहिर निस्कदा अन्य व्यक्तिसँग सुरक्षित दुरी कायम राखेर मात्र हिँड्नुहोस् ।

- घरबाहिर निस्कने अवस्था छैन भने अनलाइनमा शारीरिक अभ्यास सम्बन्धित भिडियोहरू खोज्नुहोस र अभ्यास गर्नुहोस्

- गीत संगीतमा नाच्नुहोस् ।

- योगा गर्नुहोस् ।

- आफ्नो आवासमा भर्याङ छ भने भर्याङमा पटक पटक तलमाथि गर्नुहोस् ।

- घरबाट काम गर्दैहुनुहुन्छ भने एउटै अासनमा लामो समय नबस्नुहोस् । हरेक आधा घण्टामा ३ मिनेट जतिको ब्रेक लिनुहोस् ।

- आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् । संकट र रोगको महामारीका बेला तनाव महसुस हुनु, अलमल वा भ्रममा परेको अनुभव हुनु र एक प्रकारको डरको अनुभूति हुनु स्वाभाविक हो । यस्तो अवस्थामा आफूले चिनेजानेका र विश्वास गर्नसक्ने मानिससँग कुराकानी गर्नुहोस् यसले तनाव कम गर्न मद्यत गर्दछ ।

- आफ्नो समुदायका अन्य सदस्यलाई सहयोग गर्नुहोस् । यसो गर्दा समुदायका अतिरिक्त स्वयंलाई पनि मद्यत गर्दछ ।

- छरछिमेक, आफन्त र साथिभाइको हालखवर सोध्नुहोस् ।

- गीत संगीत सुन्नुहोस्, किताब पढ्नुहोस्, खेल खेल्नुहोस् ।

- संक्रमण, महामारी र संकटका समाचारले चिन्तित बनाउँदछ भने धेरै समाचार हेर्ने सुन्ने नगर्नुहोस् । आफूलाई चाहिने सूचना विश्वसनीय माध्यमबाट दिनमा एक वा दुईपटक लिनुहोस् ।

- एक अर्कामा दयाभाव राख्नुहोस् । दयाभाव आफैमा एक राम्रो औषधी हो ।

- CoVID-19 ले हामी सबैलाई एक हुन सिकाएको छ । सबैजना एक भई यसको सामाना गरौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो