२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनभर स्वस्थ्य रहनका लागि यी ५ उपाय जानीराखौ

२५ श्रावण २०७७, आईतवार १६:२८

स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । 

कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता नलागेका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने र कोरोनासँग लड्नुपर्ने स्वास्थ्य चिकित्सकहरुले सल्लाह दिएका छन् । तर, शरीरिक र मानसिक रुपमा नै स्वस्थ हुन कस्तो खाना खाने त ? 

पर्याप्त पानी - पानी शरीरको लागि अत्यावश्यक पदार्थ हो । पानीले शरीरका सम्पूर्ण अंगहरुलाई सफा राख्न (डिटोक्सिफिकेशन) गर्न मद्दत गर्छ । पर्याप्त मात्रामा पानी पिउँदा छालामा चमक बढ्ने, शरीरमा मेटाबोलिज्म तीव्र हुने, शरीरमा शक्ति कायम रहन मद्दत गर्छ । त्यसैले हरेक दिन ३ लिटर पानी पिउन आवश्यक छ । 

रंगीन फलफूल र सागसब्जी - फलफूल र सागसब्जीमा हुने अलग–अलग रङले अलग–अलग पोषक तत्व पाइने कुरा दर्शाउँछ । जुन फलफूलको रङ गाढा हुन्छ त्यसमा एन्टिअक्सिडेन्ट्स र पोषक तत्वको मात्रा पनि बढी हुन्छ । त्यसले हरेक दिन खानामा ३ प्रकारका फलफूल र सागसब्जी सामेल गर्नुपर्छ । यसले तपाईंको शरीरमा लाग्न सक्ने सयौँ रोगहरुबाट बचाउँछ । 

गहुँ, उमारेको गेडागुडी, बियाँ भएको खानेकुरा - खाना बनाउनको लागि जति धेरै मेशिन, ताप र पानीको प्रयोग हुन्छ त्यति नै खानामा भएको पोषक तत्व नष्ट हुन्छ । त्यसैले बजारमा पाइने सबै खानेकुरामा पोषक तत्व नष्ट भइसकेको हुनसक्छ । त्यसैले, स्वस्थ रहनको लागि घरमै भिजाएर उमारेको गेडागुडी, गहुँको परिकार, चोकर, बिज भएको खानेकुरा धेरै खानुपर्छ । किनकी यसमा फाइबरको मात्रा धेरै हुने भएकाले पेटलाई सधैँ स्वस्थ रहन, कोलेस्ट्रोल कम गराउन र शरीरमा अनावश्यक बोसो उत्पादन हुनबाट बचाउँछ । 

व्यायाम – शरीरमा तन्दुरुस्त राख्नको लागि नियमित व्यायामको आवश्यकता पर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने र हरेक दिन शरीरलाई आवश्यक पर्ने कसरत गर्नुपर्छ । दैनिक परिश्रम गर्नुपर्ने कामकाज गर्ने व्यक्तिहरु बाहेक अरुका लागि हरेक दिन ३० देखि ४० मिनेट व्यायामको आवश्यकता पर्छ । 

चिनी कम खाने – चिनीमा मात्रै चिनी बढी हुन्छ भन्ने होइन । जुनसुकै गुलियो पदार्थमा पनि चिनीमो मात्रा हुने गर्छ । जुनसुकै बनाइएको खानामा चिनीको मात्रा अत्यधिक हुन्छ । प्याकिङमा हुने खानेकुराहरु चिनिको मात्रा बढी हुने भएकाले यसको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो