डा राजेन्द्र भद्रा । 

म २० वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा राजेन्द्र भद्रा । 

म २० वर्षीय"/>

२०८२, २२ चैत्र आईतवार
काठमाडौँ - KTM

कन्डम फुटेर योनीभित्र वीर्य झरे के हुन्छ ?

२०७३, २५ श्रावण मंगलवार ११:३४

डा राजेन्द्र भद्रा । 

म २० वर्षीय युवक हुँ । पुरुषले परिवार नियोजन (कन्डम) को साधन प्रयोग गरेर सम्भोग गरेको अवस्थामा पनि कुनै कारणले योनिभित्र वीर्य झरे गर्भ रहन्छ कि रहँदैन ? कन्डम फुटेर वीर्य योनिभित्र झरे के हुन्छ ? समाधानका उपाय पनि उल्लेख गरिदिनुहोला । -७३२६१

गर्भ कसरी रहन्छ ? 

गर्भ रहन पुरुषको वीर्यमा भएको शुक्रकीट तथा महिलाको डिम्बको मिलन आवश्यक छ । यसका लािग अनेक कुराको तालमेल मिल्नुपर्छ । १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा गर्भ रहनका लागि आवश्यक हुन्छ ।

सामान्यत: महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यदि महिनावारी ढिलो–चाँडो हुने गरेको भए यी दिनहरू पनि फरक पर्न सक्छन् ।

यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको हुने रहेछ भने २८–१८ = १० हुन्छ, अर्थात दसौं दिनदेखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । ३०–११ = १९ हुन्छ, अर्थात १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । तपाईंले आफ्नो र आफ्नी केटी साथीको स्थिति बुझ्नु नै भयो होला । 

कन्डम के हो ?

कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला एक विशेष किसिमको रवरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो । अहिले बजारमा उपलब्ध कन्डम ल्याटेक्स रवरबाट तयार हुन्छ । अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको छ ।  सही तरिकाले प्रयोग गर्दा कन्डमको प्रभावकारिता उच्च छ । 

कन्डम च्यातिए वा फुटे

कन्डम फुटेको स्थितिमा यौन रोगको संक्रमण हुने वा गर्भरहने सम्भावना हुन्छ । कन्डम च्यातिएर वीर्य योनिमा झरेको स्थितिमा गर्भ रहन सक्छ । सामान्यत: महिनावारी सुरु भएको यस्तै १४ दिनपहिले डिम्ब निस्कासन हुन्छ । यदि त्यस दिनको हाराहारीमा यौनसम्पर्क भै योनिमा वीर्यस्खलन भएको छ भने गर्भ रहने सम्भावना बढी हुन्छ । 

कन्डम फुटे के गर्नुपर्छ ?

यौनसम्पर्कको बेला कतिपय स्थितिमा कन्डम फुट्न सक्छ । कन्डम फुट्दा सम्बन्धित दुवै व्यक्तिमा निकै चिन्ता हुन सक्छ । यस्तो स्थिति परे के गर्ने त ? कन्डम फुटेको स्थितिमा तपाईंकी केटी साथीको पनि विशेष सहयोग चाहिन्छ । 

 कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहन प्रयास गर्नुपर्छ, जसले सही निर्णय गर्न सहयोग गर्छ ।

 यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोक्नुपर्छ र लिङ्ग निकाल्नुपर्छ ।

 वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ ।

 त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । 

 कन्डम फुटेको कुरा र त्यसको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत रूपमा कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनुपर्छ । 

आकस्मिक गर्भ निरोध 

कन्डम फुटेर गर्भ रहने सम्भावना रहेको स्थितिमा गर्भ नरहोस् भनेर आकस्मिक गर्भनिरोधको साधन प्रयोग गर्न सकिन्छ । यसको पहिलो मात्राख  यौन सम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) लिइसक्नुपर्छ भने दोस्रो मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ । 

आकस्मिक गर्भ निरोधका लागि प्रोजेस्टेनरोन मात्र भएको औषधी ओके (OK) तथा इकोन बजारमा उपलब्ध छन् । निलोकन चक्की पनि आकस्मिक गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ, तर यसको प्रयोग गर्दा एक मात्रामा चार चक्की खानुपर्छ । त्यसैगरी Cu-T (कपर टी) पनि यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भ निरोधका रूपमा प्रयोग गर्न सकिन्छ । स्रोत: साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते