२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

२०७३, ११ आश्विन मंगलवार ०६:३८

असोज ११, इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ । 

विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा गर्ने तय गरेका छन् । 

साइकल यात्रामा शाहसहित इलाम बाँझोका आकाश लिम्बू, विकास लिम्बू, महमाइका सुमन लिङ्देन, सुनसरीका कृष्ण केसी, सदिउर घले र विनु राई तथा बाराका सुजन चौधरी सहभागी छन् । 

विकासका पूर्वाधार बनिनसकेका पहाडी क्षेत्रमा साइक्लिङको राम्रो सम्भावना भएकाले प्रचारका लागि साइकल यात्रामा निस्किएको पुष्कर शाहले बताउनुभयो । ‘पहाडी क्षेत्रमा रहेका पर्यटकीय ठाउँमा पक्की सडक बनिसकेका छैनन्, त्यस्ता ठाउँमा साइकलबाट सजिलै पुग्न सकिन्छ भन्ने सन्देश दिन सकियोस् भन्ने यात्राको उद्देश्य हो,’ उहाँले भन्नुभयो । 

साइकलयात्रीलाई कन्याममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र इलाम पर्यटन सरोकार समितिले स्वागत गरेका थिए । यात्राको सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गर्नुभयो । साइकलयात्री सोमबार कन्याम, फिक्कलको बरबोटे, नयाँबजार हुँदै जमुना पुगेका छन् । 

आज जमुनाबाट माबु, पर्यटकीयस्थल माइपोखरी हुँदै सदरमुकाममा हुने पर्यटन दिवसको औपचारिक कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यसपछि पाँचथर हुँदै धनकुटा पुग्ने आकाशले बताउनुभयो । 

विश्व साइकलयात्री सहभागी यात्रालाई पर्यटनसँग सम्बन्धित संस्थाले विभिन्न ठाउँमा स्वागत गर्ने भएका छन् । ‘साइक्लिङ धरान’को व्यवस्थापनमा सुरू भएको यात्राले पर्यटकीय क्षेत्रका प्रचारमा मद्दत पुग्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष केशव द्यौरालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित