कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । 

सरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । 

सरक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुस्ताङको कोरला नाका अवलोकन गर्न जाने आन्तरिक पर्यटक बढे

२ कार्तिक २०७३, मंगलवार ०३:१८

कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । 

सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् । 

पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैँको बिदा मनाउन नाका अवलोकन गर्न थालेको लोमान्थाङका स्थानीय सुवर्ण विष्टले जानकारी दिनुभयो । “नाका खुले व्यापारिकरुपमा कसरी लाभ लिन सकिन्छ भन्ने नै व्यापारीको भ्रमणको मुख्य उद्देश्य हुने गरेको छ, उहाँले भन्नुभयो “दसैँलगत्तै लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक २०० को हाराहारीमा पर्यटक त्यहाँ पुग्ने गरेको विष्टको भनाइ छ । 

लोमान्थाङबाट आधा घन्टाभित्र सवारीसाधनमै कोरलानाका पुग्न सकिन्छ । जीर्ण भएपनि नाकासम्म सडक सञ्जाल पुगेपछि सर्वसाधारणको पहुँच बढ्दै गएको हो । 

सीमा क्षेत्रमा चिनियाँ पक्षले सुरक्षामा कडाइ गर्ने भएकाले धेरै बेरसम्म बस्न नपाइने त्यहाँ पुगेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यको भनाइ छ । “नाका सञ्चालनका विषयमा हामीले आफ्नो ठाउँबाट व्यापक दबाब दिइरहेका छौँ, यो जसरी पनि खुल्नुपर्छ,” शाक्यले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता