पुस १८, तेह्रथुम । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ ।

बर्सेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, तेह्रथुम । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ ।

बर्सेन"/>
2026-09-28 11:16 AM
काठमाडौँ - KTM

दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको अस्तित्व सङ्कटमा

पुस १८, तेह्रथुम । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ ।

बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरनामा पानीको मात्रा निकै कम हुन्छ । झरनाको आसपासमा भएको पानी पनि स्थानीयवासीले अलैँची बगान तथा खेतबारी सिँचाइका लागि कुलोमा लगेका छन् । झरनाको शिरबाट सडक निर्माण भएपछि झरनामा पानी सुक्दै गएको स्थानीयवासी बताउँछन् । 

झरनाको करिब चार किलोमिटर माथिबाट म्याङलुङ–सक्रान्ति सडक निर्माण भएको छ । गतवर्ष झरनासम्म पुग्न सडक सुविधाका लागि ट्र्याक खोलिएको थियो । 

झरनासम्म पुग्न सकिने गोरेटो बाटोको समेत मर्मतसम्भार हुन सकेको छैन । झरना झरेको खोल्सीमा आधा मात्रै झरना देखिन्छ, बाँकी झाडी र रुख बुट्यानले छोपेको छ । झरनामाथिबाट सडक खनिएपछि सुक्दै गएको मुहानको समेत संरक्षण गरिएको छैन । 

पछिल्लो वर्ष स्थानीयवासीको मागबमोजिम जिल्ला विकास समितिको बजेटले झरना नियाल्न सकिने पुल निर्माण गरिएको छ । तर झरनामा पानी नै सुक्न थालेपछि हेर्न आउने आगन्तुक निराश भएर फर्कने गरेका छन् । 
प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारीस्तरबाट संरक्षण र प्रचारप्रसारमा ध्यान नहुँदा झरना ओझेलमा परेको स्थानीय बासिन्दाको गुनासो छ । 

तेह्रथुमका इसिवु र सम्दु गाविसको सीमा क्षेत्रमा अवस्थित ३६५ मिटर अग्लो स्थानबाट झरेको मनोरम यो झरना दक्षिण एसियाकै सबैभन्दा अग्लो झरना हो । निजी तथा सरकारीस्तरबाट समेत कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको झरना ओझेलमा परेको स्थानीयवासी नवीन चोङवाङले बताउनुभयो । 

प्राकृतिक रुपमा बनेको यो झरनामा प्रत्येक दिनजसो सप्तरङ्गी इन्द्रेणीको दृश्य देखिन्छ । मौसम सफा रहेको र पारिलो घाम लागेको समयमा अग्लो स्थानबाट झरेको झरनामा लागेको इन्द्रेणीको दृष्य अझ मनोरम देखिने स्थानीय इसिबु उच्च माविका प्रधानाध्यापक रामप्रसाद तिमिल्सिनाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह