१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला पर्यटन महोत्वसको तयारी तिब्र, साढे लाख बढी आर्थिक श्रोत जुट्यो

७ फाल्गुन २०७३, शनिबार १७:५६

फागुन ७, दार्चुला | दार्चुला जिल्लामा पहिलो पटक हुन लागेको ऐतिहासिक दार्चुला पर्यटन महोत्सवको तयारी तिब्र भइरहेको छ । चैत्र ५ गतेदेखि १२ गते सम्म सञ्चालन गरिको दार्चुला पर्यटन महोत्सव २०७३ को विभिन्न तयारी तीव्र पारिएको उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ । 

उद्योगा वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिह थापाको अध्यक्षतामा आज बसेको वैठकले दार्चुला उद्योग वाणिज्य संघको मुल आयोजनामा संचालन हुन गइरहेको सुदुरपश्यिमाञ्चल क्षेत्रिय व्यापार मेला तथा दार्चुला पर्यटन महोत्सवका लागि आर्थिक  कारोबार गर्न राष्ट्रिय वाणिज्य बैङ्क दार्चुलामा महोत्सवको नामले उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापा र आर्थिक समितिका संयोजक गेल्बुसिह बोहराको सयुक्त हस्ताक्षरबाट खाता खोल्ने निर्णय र हालसम्म दार्चुला पर्यटन महोत्सवका लागि संकलन भएको आर्थिक प्रगती बारे सम्पुर्ण कार्यसमितिलाई जानकारी गराएको दार्चुला उद्योग वाणिज्य संघका महासचिव विसनसिह बोहराले जानकारी दिनुभएको छ । 

महोत्सवका लागि हालसम्म जिल्ला विकास समिति दार्चुलाबाट २ लाख ५० हजार १ सय रुपैया, नेकपा एमालेका केन्द्रिय सदस्य एवं व्यवस्थापिका सांसद गणेशसिँह ठगुन्नाबाट १ लाख, रीज्म एफ पीबाट १५ लाख, घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाबाट ४० हजार अपिनम्पा ५० हजार जिल्ला पशु सेवा कार्यालयबाट २० हजार खोनपानी तथा सरसफाई सव डिभिजनबाट ४० हजार, जिल्ला शिक्षा कार्यालयबाट २५ हजार तथा एक गाउँ एक उत्पादनबाट १ लाख ५ हजार रुपैया आर्थिक संकलन भएको छ । अझै जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी लगायत विभिन्न आयोजनाहरुलाई सम्पर्क गर्न बाँकी रहेकोले आर्थिक अझै जुट्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन