असोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुलीगढीसम्म साइकल सरर

४ आश्विन २०७४, बुधबार १५:२४

असोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, २४ र २५ गते तीन दिनको साइकलयात्रामा १५३ किलोमिटर दुरी यात्रीले पार गर्नेछन् । 

तत्कालिन ब्रिटिस सेनामाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको दिनको रुपमा कात्तिक २४ गते सिन्धुलीगढीमा विजयोत्सव मनाइन्छ । सिन्धुलीगढीको युद्धमा विजय प्राप्त गरेको २५० औं वर्षगाँठको रुपमा यो वर्ष विविध कार्यक्रमसाथ विजयोत्सव मनाइने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समृद्ध सिन्धुली अभियानद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, कमलामाई नगरपालिकासँग मिलेर ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा, विजयोत्सव साङ्गीतिक समारोह, सिन्धुलीगढी कला शिविर, कला तथा ऐतिहासिक फोटो प्रदर्शनी गरिने छ । 

पत्रकार सम्मेलनमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले ऐतिहासिक सिन्धुलीगढी संरक्षण तथा प्रवद्र्धनका लागि आयोजित साइकल यात्रालगायत कार्यमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा विश्व साइकलयात्री पुष्कर शाहले गत वर्षको साइकलयात्रा स्मरणीय रहेको चर्चा गर्दै ऐतिहासिक किल्लाको प्रवद्र्धनमा साइकल यात्राले थप सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा फास्टफुड एसोसिएसन नेपालका अध्यक्ष धनबहादुर श्रेष्ठ, साइकलयात्री देवेन्द्र बस्नेतले शुभकामना दिनुभएको थियो ।

अमृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, दीपक श्रेष्ठ, डण्ड गुरुङ, सौरभ ढकाल र भुवन थापाले साइकलयात्रा, कला शिविर, साङ्गीतिक उत्सवबारे जानकारी दिनुभएको थियो । 


पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, ‘राइड टु सिन्धुली’ साइकल यात्राका अहिलेसम्म १३० जनाभन्दा बढीले अनलाईन दर्ता गरिसकेका छन् । काठमाडौँबाट सुरु हुने साइकल यात्राको पहिलो बास खुर्कोटमा र दोस्रो दिन गढीमा हुने विजयोत्सवमा सहभागी भएर सिन्धुलीमाढीमा साइकलयात्रीलाई लैजाने तयारी आयोजकको छ । माढीमा विजयोत्सव साङ्गीतिक कार्यक्रमसहित स्थानीय फुड स्टल समेत राखिने जनाइएको छ । यात्रुको सुविधाका लागि आयोजकले खाने, बस्ने, बीमा, एम्बुलेन्सहितको मेडिकल टिम, स्वयंसेवकहरु, साइकल मेकानिक्सहरुको ब्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह