टेक शाही | कात्तिक १, डोल्पा | सर्वोच्च अदालतका प्रधान न्यायधीस गोपाल पराजुली मन्दिर दर्शनको लागि डोल्पा पुग्नु भएको छ । रोल्पामा जिल्ला अदालतको भवन उद्धघा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | कात्तिक १, डोल्पा | सर्वोच्च अदालतका प्रधान न्यायधीस गोपाल पराजुली मन्दिर दर्शनको लागि डोल्पा पुग्नु भएको छ । रोल्पामा जिल्ला अदालतको भवन उद्धघा"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको कार्यक्रममा आएका प्रधान न्यायधीस डोल्पा पुगे

२०७४, १ कार्तिक बुधबार ११:५२


टेक शाही | कात्तिक १, डोल्पा | सर्वोच्च अदालतका प्रधान न्यायधीस गोपाल पराजुली मन्दिर दर्शनको लागि डोल्पा पुग्नु भएको छ । रोल्पामा जिल्ला अदालतको भवन उद्धघाटन गर्नको लागि कार्यक्रम तय गरेका प्रधान न्यायधिस पराजुली त्रिपूरा सुन्दरी माताको दर्शनका लागि भनेर डोल्पा पुगेका हुन ।

बुधबार विहान नौ बजे नेपाली सेनाको हेलीकोप्टरबाट त्रिपुरा सुन्दरी मन्दिरमा पुग्नु भएको भगवति दल गुल्मले जानकारी दिएको छ । प्रधान न्यायधीस पराजुलीले त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी देबीको मन्दिरमा पुजाआजा समेत गर्नु भएको थियो ।

प्रधान न्यायधीस पराजुली बाला त्रिपुरा सुन्दरी माताको पुजा सम्पन्न गरे सुन्दर शे–फोक्सुन्डो तालको हवाई भ्रमण सुलिगार्ड ब्यारेकमा समेत पुग्नु भएको हो । प्रधान न्यायधीस पराजुलीले डोल्पाको सुन्दरताको बखान समेत गर्दै प्रकतिक सम्पदाले धनि डोल्पामा सुन्दरतै सुन्दरता रहेका समेत बतए ।


प्रधान न्यायधीस पराजुलीले डोल्पाको भ्रमण सकेर बुधबार नै रोल्पा जिल्ला स्थित जिल्ला अदालत भवन उद्घाटन गर्न रोल्पा जानुभएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिनस भयोे । 

प्रधान न्यायधीस पराजुलीलाई डोल्पा जिल्लाका न्यायधीस रमेश प्रसाद ज्ञवाली लगाएतको अदालतको टोलीले फुलमाला सहित स्वागत समेत गरको थियो ।

प्रधान न्यायधीस सँगै उहाँकी धर्मपत्नी बसन्ता पराजुली,न्याय परिषद्का माननीय सदस्य पदम प्रसाद बैदिक र राम प्रसाद सिटौला,सुरक्षा अधिकृत प्र.ना.नी शैलेन्द्र थापा,मुख्य रजिष्टार नहकुल सुवेदी,उप–रजिष्टार यज्ञ प्रसाद आचार्य,सह रजिष्टार अच्युत कुईकेल ,न्याय परिषद्का सचिव राजन प्रसाद भट्टराई,राससका अध्यक्ष कुुलचन्द्र वाग्ले लगाएत १३ जनाको उच्च पदस्थ टोली डोल्पा पुगेको थियो ।


पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा डोल्पा जिल्ला पर्ने गरेको स्थानिय पर्यटन ब्याबसायिहरु बताउछन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने