२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

धार्मिक पर्यटकीय गन्तव्य केलादी अझै ओझेलमा

१० माघ २०७४, बुधबार ०६:०७

 कृष्ण दर्नाल /माघ १०, पाल्पा | पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ । 

धार्मिक, ऐतिहासिक, सामाजिक–सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्र पर्याप्त प्रचारप्रसार हुन नसक्दा तथा भौतिक संरचनाको विकास हुन नसक्दा अझै ओझेलमा परेको हो । प्रचारप्रसार एवं भौतिक विकास गरी यस क्षेत्रमा प्रशस्त पर्यटक आगमन हुनेमा स्थानीय बासिन्दाको आशा छ । 

यस केलादी क्षेत्रमा शिवालय मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, चतुर्भुज मन्दिर लगायतका मन्दिर सय मिटरको फरकमा रहेपनि उचित किसिमबाट संरक्षण हुन अझै सकेको छैन । पाल्पा, स्याङ्जा, तनहँु र नवलपरासी जिल्लाको संगमस्थल केलादीमा पुराना मोडलका मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । मन्दिरको उत्तरतर्फ कालीगण्डकी नदी बग्दा यो क्षेत्र रमणीय बनेको छ । 

नेपाल सरकारको रु नौ लाख सहयोगमा शिवालय मन्दिर क्षेत्रको पर्खाल निर्माण कार्य सम्पन्न भएपनि मन्दिर संरक्षण तथा पुनःनिर्माणका लागि बजेट विनियोजन हुन सकेको छैन । शिवालय मन्दिरसँगै रहेको शिवालय पौवा भत्केपछि पुनःनिर्माणका लागि सरकारले रु २० लाख बजेट विनियोजन गरी काम अघि बढाएको छ । 

विसं १७२३ तिर केलादी क्षेत्रमा मन्दिर निर्माण भएपछि कालीगण्डकी नदीमा स्नान गरी मन्दिरमा दर्शन गर्न आउनेको भीड लाग्ने गरेपनि अहिले यो क्षेत्र सुनसान जस्तो बनेको छ । हराभरा, सुन्दर क्षेत्र रहेको धार्मिक पर्यटकीय हिसाबले महत्व बोकेको केलादी क्षेत्रको गुरुयोजना तयार गरी अघि बढ्न नसक्दा यो क्षेत्र अझै ओझेलमा परेको स्थानीय बासिन्दा बताउँछन् । 

लेखाजोखा छैन गुठीको जग्गा 

मन्दिर सञ्चालनका लागि मन्दिरका नाममा गुठी रहेका छन् तर ती गुठीको लेखाजोखा नै छैन । कसरी प्रयोग भएको छ, कहाँ कहाँ जग्गा छन् भन्ने यकिन स्थानीय बासिन्दासँग छैन । हालसम्म मन्दिर सञ्चालनका लागि समितिसमेत छैन । स्थानीय बासिन्दाका अनुसार राधाकृष्ण र शिवालयका ६०, लक्ष्मीनारायणको १८ र चतुर्भुजको ३० रोपनी खेत रहेको छ । 

चाडपर्वमा छैन चहलपहल 

मन्दिर क्षेत्रमा कार्तिक एकादशी, माघे सङ्क्रान्ति, शिवरात्रि, वैशाख सङ्क्रान्ति, भाद्र कृष्ण जन्माष्टमी लगायतका पर्वमा कालीगण्डकी नदीमा स्नान गर्ने र मन्दिर क्षेत्रमा दर्शन गर्न आउनेको निकै चहलपहल हुने गरेको भएपनि अहिले यस क्षेत्र सुनसान जस्तै बन्दै गएको छ । विसं १९९० देखि २०२५÷२६ सालतिर यो क्षेत्र धार्मिकरुपमा निकै प्रख्यात रहेको स्थानीय बासिन्दा सूर्यप्रसाद पोखरेलले बताउनुभयो । 

छैनन् थकाली बस्ती 

विसं २०२५÷२६ सम्म यहाँ रहेको थकाली बस्ती केलादी क्षेत्रमा देखिन छोडेको छ । थकाली समुदायले बिस्तारै यस क्षेत्र छोडेपछि मानिस आउन छाडेका छन् । पाल्पा, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपरासी लगायत जिल्लाका मानिस धर्म गर्न आउने चलन थियोे । बुटबलबाट नुन ल्याउन आउनेहरु समेत यहाँ बास बस्ने स्थान बनेको थियो । घोडा र खच्चड सामान बोकेर यहीँबाट गन्तव्यमा पुग्नेहरु यही रात बिताउने स्थान बनेकाले पहिला निकै चहलपहल हुन्थ्यो । यो केलादी क्षेत्र व्यावसायिक स्थल बन्दै गएपनि मानिसहरु पछि अन्यत्र गएपछि सुनसान जस्तो बनेको स्थानीय केशवप्रसाद न्यौपानेले बताउनुभयो । 

यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’ भनिन्छ 

‘बहुमूल्य शालिग्राम ढुङ्गा’ संरक्षणको अभावमा बर्सेनि हराउन थालेपनि यस क्षेत्रमा अझै पनि प्रशस्त पाइने गर्दछ । शालिग्राम ढुङ्गाको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व रहेकाले ढुङ्गाको खोजी गर्नेहरु बर्सेनि बढेको पाइन्छ । मुस्ताङको कागबेनीदेखि देउघाटसम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रुपमा लिइने गरिन्छ । शालिग्रामको ढुङ्गालाई हिन्दू धर्मावलम्बीले भगवान्को प्रतीकको रुपमा लिई घर तथा मठमन्दिरमा पूजासमेत गर्दछन् । 

कालीगण्डकी नदी क्षेत्रमा बसोबास गर्नेले शालिग्राम घरमा नै लगेर पूजा गर्दै आएको पाइन्छ । शालिग्रामप्रति विदेशीले विशेष चासो राखेर किन्न थालेको रामपुर नगरपालिका केलादीघाटका स्थानीयवासी सूर्यप्रसाद पोखरेल बताउनुहुन्छ । 

शालिग्राम ढुङ्गामा सुनका साना कण हुने विश्वास अझै पनि रहेको स्थानीयवासी उमानाथ अर्यालले बताउनुभयो । शालिग्रामको ढुङ्गा कालो, चिल्लो चक्र सहितको र अन्य ढुङ्गाको जस्तो रेशा नहुने हुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन