२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

२०७४, १२ माघ शुक्रबार ०७:३७

माघ १२, काठमाडौँ | मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ । 

पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले समयअनुसार पर्यटक प्रहरी संरचनालाई मुलुकका सबै प्रदेशमा पु¥याउनुपर्ने बताएका हुन् । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पर्यटक प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक पर्ने ऐन, कानून संशोधन गर्नुपर्ने बताउनुभयो । “सुरक्षाबिना कतिपय पर्यटक जोखिमयुक्त भ्रमण गरिरहेका छन्, त्यसलाई रोक्नु पर्यटक प्रहरीको दायित्व हो”, उहाँले भन्नुभयो । 

महानिरीक्षक अर्यालले सीमित स्रोत र साधनका बाबजुद पर्यटकको सेवा र सुरक्षाका लागि पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । 

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले पर्यटक क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । “पर्यटक नेपालमा भित्रिएदेखि नफर्किंदासम्म उनीहरुको सुरक्षाको जिम्मा पर्यटक प्रहरीले लिनुपर्छ”, उहाँले भन्नुभयो । 

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले पर्यटकीय महत्व बोकेका अधिकांश क्षेत्रहरु दुर्गममा भएकाले पर्यटक प्रहरीले दुर्गम क्षेत्रलाई सेवा प्रदान गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । 

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महत, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रामशरण थपलियालगायतले दिगो पर्यटक विकासका लागि पर्यटकीय प्रहरीको महत्वपूर्ण योगदान रहेको भन्दै समयअनुसार पर्यटक प्रहरी सेवाको विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

विसं २०३५ माघ १२ देखि सातजना प्रहरीले घुम्ती सेवाका रुपमा 

शुरु गरेको पर्यटक प्रहरी सेवामा हाल २२७ प्रहरी कर्मचारी कार्यरत रहेको पर्यटक प्रहरी एकाइका प्रमुख रुपा थापाले जानकारी दिनुभयो । 

पर्यटक प्रहरीले हाल मुलुकको काठमाडौँ, पोखरा, सोलुखुम्बु, मुस्ताङ, रसुवा, चितवन, पर्सा, म्याग्दी, रुपन्देहीलगायतका जिल्लाको २३ स्थानबाट पर्यटकलाई सेवा तथा सुरक्षा प्रदान गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल