२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

१२ माघ २०७४, शुक्रबार ०७:३७

माघ १२, काठमाडौँ | मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ । 

पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले समयअनुसार पर्यटक प्रहरी संरचनालाई मुलुकका सबै प्रदेशमा पु¥याउनुपर्ने बताएका हुन् । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पर्यटक प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक पर्ने ऐन, कानून संशोधन गर्नुपर्ने बताउनुभयो । “सुरक्षाबिना कतिपय पर्यटक जोखिमयुक्त भ्रमण गरिरहेका छन्, त्यसलाई रोक्नु पर्यटक प्रहरीको दायित्व हो”, उहाँले भन्नुभयो । 

महानिरीक्षक अर्यालले सीमित स्रोत र साधनका बाबजुद पर्यटकको सेवा र सुरक्षाका लागि पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । 

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले पर्यटक क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । “पर्यटक नेपालमा भित्रिएदेखि नफर्किंदासम्म उनीहरुको सुरक्षाको जिम्मा पर्यटक प्रहरीले लिनुपर्छ”, उहाँले भन्नुभयो । 

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले पर्यटकीय महत्व बोकेका अधिकांश क्षेत्रहरु दुर्गममा भएकाले पर्यटक प्रहरीले दुर्गम क्षेत्रलाई सेवा प्रदान गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । 

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महत, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रामशरण थपलियालगायतले दिगो पर्यटक विकासका लागि पर्यटकीय प्रहरीको महत्वपूर्ण योगदान रहेको भन्दै समयअनुसार पर्यटक प्रहरी सेवाको विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

विसं २०३५ माघ १२ देखि सातजना प्रहरीले घुम्ती सेवाका रुपमा 

शुरु गरेको पर्यटक प्रहरी सेवामा हाल २२७ प्रहरी कर्मचारी कार्यरत रहेको पर्यटक प्रहरी एकाइका प्रमुख रुपा थापाले जानकारी दिनुभयो । 

पर्यटक प्रहरीले हाल मुलुकको काठमाडौँ, पोखरा, सोलुखुम्बु, मुस्ताङ, रसुवा, चितवन, पर्सा, म्याग्दी, रुपन्देहीलगायतका जिल्लाको २३ स्थानबाट पर्यटकलाई सेवा तथा सुरक्षा प्रदान गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ