Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवनमा पर्यटन व्यवसायीको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २१, चितवन | पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो । स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी गुरुङ सौराहामा पर्यटन व्यवसाय गर्दै आएकी थिइन् । खाना खाई सुतिरहेका अवस्थामा मुखवाट फिँज निस्किएपछि उपचारका क्रममा चितवन मेडिकल कलेज ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनुभयो । शव परीक्षणका लागि सरकारी अस्पतालमा राखिएको छ । रासस