२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली–रारा पर्यटन बर्षमा पाँच लाख पर्यटक भित्र्याउने सरकारको तयारी

२०७४, १७ चैत्र शनिबार १५:११

चैत १७, सुर्खेत | कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गरेर वर्षभरी नै पर्यटन प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गर्ने योजनामा प्रदेश सरकार जुटेको हो ।

प्रदेशको बलियो आधार पर्यटन क्षेत्र भएकाले सरकारले आगामी वर्षलाई पर्यटन वर्षका रुपमा मनाउन लागेको छ । कर्णाली प्रदेशको पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न प्रदेश सरकारले रारातालमा कर्णाली–रारा पर्यटन वर्षको शुभारम्भ गर्दैछ । वैशाख १ गते प्रधामन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन रारा ताल पुगेर गर्दैछन् ।

भौतिक पूर्वाधारका कामहरु सम्पन्न भएपछि मात्रै पर्यटन विकास गर्न नसकिने भएकाले आगामी वर्षलाई पर्यटन वर्षको रुपमा मनाउन लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘यहाँको मुख्य आधार भनेकै पर्यटन क्षेत्र हो’ शाहीले भने, ‘प्रदेशभित्रका सवै पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई सहज रुपमा पुर्याउन हामी कटिवद्ध छौं ।’ कर्णालीको विकासमा पर्यटन दरिलो आधार भएकाले शुभारम्भ रारा तालबाट गर्न लागेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

उनले सुर्खेतदेखी हुम्ला र कालिकोटदेखी पश्चिम रुकुमका पर्यटन क्षेत्रहरुको विकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । पर्यटनको खानी रहेको कर्णाली प्रदेशले आन्तरिक र बाह्य पर्यटक भित्र्याउनमा सरकारले प्याकेज नै घोषाण गर्न लागेको उल्लेख गरे ।


२०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउन लागेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनले २०७५ सालमा आन्तरिक र बाह्य गरी करिव पाँच लाख पर्यटक भित्राउने लक्ष्य सरकारको रहेको बताए । रारामा पर्यटन वर्षको उद्घाटन गरिएपनि प्रदेश भित्रका अन्य जिल्लाका पर्यटन क्षेत्रहुँदै रारासम्म पुग्ने योजना बनाउने गृहकार्यमा रहेको उनले उल्लेख गरे ।

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनको लागि तयारीमा तीव्रता दिएको जानकारी दिएका पर्यटन वर्षका प्रचार–प्रसार संयोजक रावलले सातै प्रदेशका मुख्यमन्त्रीदेखी कुटनीतिक नियोगका प्रमुखहरु रारा पुग्ने जानकारी दिए । उनले मानसरोवर जाने पर्यटकहरुलाई प्रदेश भित्रका अन्य पर्यटकीय क्षेत्रमा कसरी पुर्याउने भन्ने विषयमा रुट निर्माण गर्न लागेको रावलको भनाई छ । स्थलगत र हवाई मार्गबाट रारा ताल पुग्न सकिन्छ । तर, शुरुवात रारातालबाट गरिए पनि पर्यटन वर्षले प्रदेश भित्रका अन्य पर्यटन क्षेत्रहरुको विकासमा टेवा पुग्ने अपेक्षा सरकारको छ ।

बैशाख १ गते रारामा उद्घाटन हुने पर्यटन वर्षमा पुग्ने कर्णाली राजमार्गमा सडक निर्माणमा तीव्रता दिएको भौतिक पूर्वाधार मन्त्री खड्का खत्रीले जानकारी दिए । उनले नाग्माघाट–गमगढी पुग्ने सडकलाई स्तरोन्नती गर्ने काम भइरहेको बताए । प्रदेश भित्रका अन्य जिल्लाका पर्यटन क्षेत्रहरुसम्म पर्यटकहरुलाई सहज रुपमा पुर्याउन सडकलाई प्रभावकारी बनाउने विषयगत कार्यालयलाई निर्देशन दिएको उनको भनाई छ ।

लोगो र नारा सार्वजनिक

कर्णाली सरकारले बैशाख १ गतेदेखि सुरु हुने कर्णाली रारा पर्यटन बर्ष २०७५ का लागि ‘कर्णाली समृद्धिको आधारः पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरेको छ । साथै शनिबारको पत्रकार मार्फत मुख्यमन्त्री शाहीले पर्यटन बर्षको लोगो समेत सार्वजनिक गरेका गरेका छन् ।

पर्यटन वर्षको उद्घाटनसंगै बैशाख १ गते प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा कर्णाली सरकारले रारामै तेस्रो मन्त्री परिषद् बैठक बस्ने तयारी गरेको कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार धुव्रबिक्रम बुढाथोकीले जानकारी दिए । उक्त अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने, हुम्लाको उत्तरी नाका हिल्सा, कालिकोटको पचालझरना र  डोल्पाको शे फोक्सुण्डो तालको अवलोकन भ्रमणलगायतका कार्यक्रम तय गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला