२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

म्याग्दीको पर्यटकीय डुँडेलेक पूर्वाधारको पर्खाइमा

२०७५, ५ बैशाख बुधबार ०३:०९

वैशाख ५, बेनी, म्याग्दी (रासस) | मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुँडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो । 

गाउँपालिकाको वडा नम्बर—२ रुमको बेलीगाउँबाट करीब पाँच घण्टाको दूरीमा रहेको डुँडेलेकबाट विभिन्न हिमश्रंखला, मालिका गाउँपालिकाको अधिकांश भूभागका साथै मंगला गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न बस्तीसमेत देखिन्छन् । 


बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पतीसमेत प्रशस्तै पाइने रुम बेलीका तुलप्रसाद पुनले बताउनुभयो । जडीबुटी र पर्यटनका लागि अत्यन्त महत्वपूर्ण स्थान भएपनि सरकारी निकायबाट सहयोग नभएको गुनासो गरिएपछि मालिका गाउँपालिकाले स्थलगत अनुगमनसहित प्रचारप्रसारको तयारीसमेत गरेको छ । 

लेकलाई धार्मिक, पर्यटकीय तथा मह शिकारको गन्तव्य बनाएर आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने भएकाले गाउँपालिकाले पूर्वाधार विस्तारमा समेत बजेट विनियोजनको तयारी गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । उहाँले पदमार्गका लागि करीब रु तीन लाख बजेटसमेत विनियोजन गरिएको जानकारी दिनुभयो । “त्यस ठाउँ जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । वैशाख महिनाभित्र पदमार्ग त्यहाँ पुग्ने योजना छ”, रोकाले भन्नुभयो । 

गाउँपालिकाभित्रका हरेक वडामा रहेका सम्भावनालाई प्राथमिकता दिएको अध्यक्ष रोकाको भनाइ छ । विकट लेकमा मृग, रतुवा सहितका वन्यजन्तुसमेत देखिन्छन् । लेकमा हरेक वर्ष जेठको २० गते विशेष पूजाआजासहित मेलासमेत लाग्ने गर्दछ । लेकमा रहेको शिव मन्दिरमा पूजा गर्न रुम, ओखरबोटसहित बागलुङबाट मनोकामना पूरा हुने जनविश्वासका साथ मानिस आउने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला