२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनेछ: मन्त्री अधिकारी

१६ जेष्ठ २०७५, बुधबार ११:४३

जेठ १६, काठमाडौं | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने जानकारी दिनुभयो । 

भैरहवामा एक वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, निजगढको विमानस्थललाई स्तरोन्नति गरी तीन वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, धनगढी, विराटनगर र जनकपुरमा क्षेत्रीय विमानस्थल बनाइने, सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याइने लक्ष्य राखिएको मन्त्री अधिकारीले बताउनुभयो । 

नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास रहेको बताउँदै पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्ने र आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउने योजनाबीच तालमेल नहुने चर्चा गर्दै कूल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

स्थानीय र प्रादेशिक तहका करको अधिकार प्रदेश र स्थानीय सरकारमै भएको अवस्थामा राजश्व बाँडफाँट गर्नुपर्ने हुँदा संघमा ३० प्रतिशत राजश्व उठाउन नसकिने उहाँको भनाइ थियो । 

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएकाले बजेट यथार्थफरक भएको बताउँदै आर्थिक वृद्धिदरको सम्भावना रहेको विचार व्यक्त गर्नुभयो । 

संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको बताउँदै उहाँले बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएका कारण द्वन्द्व बढनसक्ने औँल्याउनुभयो । 

संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले प्रस्तुत बजेटले सकारात्मक सन्देश दिए पनि कार्यान्वयनको पाटो भने जटिल भएको बताउनुभयो ।उहाँले भन्नुभयो,“संघीयता अनुसारको बजेट भएन, प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकारमा प्रष्ट पार्नुपथ्र्यो ।” 

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले झन्झटिलो प्रक्रियाबाट सांसदलाई चार करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा