२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न

२०७५, १९ असार मंगलवार ०८:१८

असार १९, काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न भएको छ । एन्टोजको काठमाडौं शाखाको पहिलो अधिवेसनले जि पि पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ । 

एन्टोजको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु,महिला समावेसी उपाध्यक्षमा रजिना माझीलाई चयन गरेको छ ।  त्यस्तै सचिवमा दिपेन्द्र बोहरा,सह सचिवमा सौजन लिम्बु, र कोषाध्यक्षमा दिपक पराजुली चयन भएका छन् भने प्रदेश पार्षदमा मनोज पराजुली, छबी सापकोटा र पुजा तिवारीलाई छनौट भएका छन्  ।

एन्टोजका अन्य सदस्यहरुमा आशिष न्यौपाने, अनिल रानाथारु, भुवनराज उप्रेति,  पुष्प भट्ट, उज्जल काफ्ले, अनिल चौधरी, सपना गुरुङ र सृजना पनेरु रहेका छन् । 


काठमाडौं शाखाको पहिलो अधिवेसनलाई सम्बोधन गर्दै एन्टोजका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पत्रकारको भूमिका उल्लेख्य हुने भएकोले त्यसतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

'सम्वृद्धिका लागि पर्यटन संचार अभियान' नाराका साथ नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को गठन ४ वर्ष अगाडी भएको भन्दै उनले संघलाई देशव्यापी विस्तार गर्ने अभियानमा लागि परेको बताए । 

सरकारले २० लाख पर्यटक ल्याउने गरि २०२० लाई 'नेपाल भ्रमण बर्ष ' मनाउने तयारी गरेकोले त्यसलाई सफल बनाउन पर्यटन पत्रकारले संचार माध्यम मार्फत अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए । 

अधिवेसनलाई सहजीकरण गर्दै एन्टोजका केन्द्रिय सदस्य साहस न्यौपानेले पर्यटन पत्रकारको क्षमता विकासका लागि पर्यटनसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसंग सहकार्य गरि अगाडी बढ्ने बताए । 

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को क्रियाशील जिल्ला समितिको संख्या काठमाडौं थपिएपछि ६३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने