२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बेनीमा पर्यटन प्रर्वद्धन गर्न पदमार्ग निर्माण शुरु

९ भाद्र २०७५, शनिबार ०१:४४

भदौ ९, म्याग्दी | सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ । 

बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न निर्माण गर्न थालिएको पदमार्गलाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना नामाकरण गरिएको छ । 

रु ५७ लाख आठ हजार २६० लाग्ने अनुमान गरिएको सो पदमार्गको ५१८ मिटर लम्बाइ र १.८ मिटर चौडाइ हुने, दायाँबायाँ दुवैतर्फ रेलिङ राखिने र आगामी छ महिनाभित्र निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले बताउनुभयो । 

नगरपालिका, मोना र सङ्घको क्रमशः ५०, ४० र १० प्रतिशत लगानीमा निर्माण हुनलागेको सो पदमार्ग जन्मथलोको पर्यटन विकासका लागि विभिन्न देशमा रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरिएको मोनाका उपाध्यक्ष ओमनारायण जुक्जालीले बताउनुभयो । 

माथिको तश्विरमा: मोना बेनी लभ्लीहिल पदमार्ग निर्माण कार्यको शिलन्यास हुँदै । तश्विर: सन्तोष गौतमको फेसबुकबाट 

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नमूना योजनाको रूपमा प्रवासी र निजी क्षेत्रसँग त्रिपक्षीय साझेदारी गरेर पदमार्ग निर्माण गर्न लागिएको र यसबाट पर्यटन विकासमा सहयोग मिल्ने बताउनुभयो । 

बेनीको दक्षिणी मोहोडाको शीरमा रहेको उकालोमा २० मिनेट हिँडेपछि पुगिने लभ्लीहिलमा गत वर्ष बेनी नगरपालिका र पर्यटन कार्यालयको सहयोगमा रेलिङ र गोलघर (प्रतिक्षालय) निर्माण भएको थियो । यस वर्ष नगरपालिकाको रु पाँच लाख अनुदानमा ९० मिटर रेलिङ निर्माण गरिएको छ । 

आरामदायी बेञ्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरिलगायतका मनोरम हिमालको चुचुरो देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लीहिल पुग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । 

मलद्वार नभएकी बालिका उपचारबाट बञ्चित 

गरिबीका कारण बेनी नगरपालिका–५ बगुवाखोलाकी मलद्धार नभएकी बीस वर्षीया रुवीना कार्कीकी दुई महिनाकी छोरीको उपचारमा समस्या भएको छ । 

गत असार १६ गते चितवनको एक अस्पतालमा जन्मिएकी बालिकाको मलद्धार नभएको र दिसा, पिसा एकै ठाउँबाट निस्कने समस्या छ । आर्थिक अभावका कारण छोरीको उपचार गराउन नसकिएको रुविनाले बताउनुभयो । 

छिमेकी भुजु बानियाँका अनुसार सुस्त मनस्थितिकी रुवीना माइतीमा बस्दै आएकी छिन् । माइतीमा बुबाआमा र दाजुभाइको पनि आर्थिक अवस्था कमजोर भएकाले छिमेकीले बनाइदिएको अस्थायी टहरामा कार्की परिवार बस्दै आएका छन् । 

सामान्य सल्यक्रिया गरेर ती बालिकाको उपचार गर्न सकिने र यसका लागि धेरै खर्च समेत नलाग्ने बेनी अस्पतालका डा बिराट शर्माले बताउनुभयो । शारीरिक वृद्धि विकासका क्रममा आन्द्रामा समस्या आउँदा यस्तो हुने उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान