मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मन"/>
२१ मंसिर २०८२, शनिबार
पर्यटन

घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिंदै

१० भाद्र २०७५, आईतवार ०८:२८


मनोज पराजुली, भदौ १०, लमजुङ। सार्क पर्यटन गाउँको रुपमा रहेको घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिएको छ। पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकास साथै प्रचार प्रचार गर्नको लागि विभिन्न समिति गठन गरि काम शुरु गरिएको छ ।
स्मार्ट भिलेज बनाउने अभियान अन्तरगत आइतबार देखि औपचारिक कार्यक्रमहरुको शुरूवात गरिएको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले जानकारी दिए । आज समुदाय वरपर सरसफाइका साथै सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

घले गाउँको पर्यटन प्रवर्द्धन गर्नको लागि गण्डकी प्रदेश सरकार र तारा गाउँ विकास समितिसंग आवश्यक रकम माग गरिएको प्रेम घलेले बताए। गाउँका सबै घरका छाना एकै कलरको बनाउने र यस क्षेत्रका भौतिक संरचनाको विकासको लागि पहल भैईरहेको उनले बताए ।

घलेगाउँ २०७४ सालको उत्कृष्ट सामुदायिक होमस्टे बन्न सफल भएको थियो । २०५७ सालदेखि पर्यटन प्रवर्द्धनका कार्यक्रम गरी घलेगाउँमा होमस्टे सञ्चालन हुँदै आएको छ। पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताका कारण स्वदेशी तथा बिदेशी पर्यटकको रोजाइमा घलेगाउँ पर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान