२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू

२०७५, १५ भाद्र शुक्रबार १६:१९

भदौ १५, काठमाडौं | अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् ।

राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई पहिलो सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथिका अष्ट्रेलियाका राजदूत पिटर बडले नेपाल सरकारमा पर्यटन विकासप्रतिको अत्यन्त सकारात्मक सोच भइरहेको अवस्थामा नेपालीहरुले आफ्नै देशमा बसेर अष्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल विद्यार्थीलाई बधाइ दिँदैे नेपाल र अष्ट्रेलियाबीच सरकारबीचको सम्बन्धजस्तै जनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान पु¥याउने धारणा राख्नु भयो ।


राजदूत बडले हाल अष्ट्रेलियामा ३० हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेको तथ्य उजगार गर्दै नेपालमै यस प्रकारको सीपमूलक अन्तर्राष्ट्रि«य मान्यताप्राप्त व्यावसायिक तालिम कार्यक्रम सञ्चालनका लागि गेट कलेजले गरेको पहलको सह्राहना गर्नुभयो । 

सो अवसरमा याक एन्ड यति होटलका महाप्रबन्धक मोनिका साइब्लरले नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव अहिले नै अनुभूति भइसकेको चर्चा गर्दै भविष्यमा धेरै होटलहरू नेपालमा आउने भएकाले त्यसका लागि चाहिने दक्ष र सीपयुक्त जनशक्ति कसरी आपूर्ति गरिने भन्ने विषयमा अहिलेबाट नै सोच राख्नुपर्नेमा जोड दिनुभयो । 

महाप्रबन्धक साइब्लरले अन्तर्राष्ट्रिय योग्यता भएका दक्ष युवायुवतीले स्वदेशमै काम गर्नका लागि प्रेरणा प्राप्त गर्नुपर्न भन्दै सीप, क्षमता र दक्षताअनुसार नेपालमै कामका लागि आग्रह गर्नुभयो ।

यसैगरी, जर्मन मास्टर सेफ ओलिभर क्लोफले ‘बाहिर जानुभन्दा पहिला आफ्नो सीपलाई आफ्नै देशमा धारिलो बनाए विदेशमा हुनसक्ने सम्भावित हिनताबोधबाट बच्न सकिन्छ,’ भन्नुहुँदै नेपालमा धेरै व्यक्तिले देश बाहिरको करिअरलाई सहज रुपमा हेरे पनि पार्कमा घुमेजस्तो नहुने उहाँले बताउनु भयो ।


यसै अवसरमा संसारकै उत्कृष्टमध्ये एक स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियर एलेक्स नूड्काभिचले नेपाल इको टुरिजम्को नमुना गन्तव्य हुनसक्ने बताउनु भयो । स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियरको सात जनाको टोली हाल नेपाल भ्रमणका क्रममा छ । एलेक्स उक्त टोलीकी नेतृ हुन् ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेज नेपालमा यस प्रकारको योग्यताका दिने, दक्षिण एसियाकै पहिलो कलेज भएको बताउँदै छोटो अवधिको प्राविधिक तथा व्यावसायिक तालिमले नेपाली युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्छ भने ठूलो परिमाणमा विदेशिने पैसालाई स्वदेशमै रोक्ने दाबी गर्नुभयो । ‘फलस्वरुपः आर्थिक कारणले असमर्थ युवाहरूले पनि स्वदेशमै रहेर अन्तर्राष्ट्रिय सीप हासिल गर्नसक्छन्, जुन उनीहरूको भविष्यको बाटो कोर्ने माध्यम बन्नसक्छ,’ लकाईंले भन्नुभयो ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त अष्ट्रेलियाको सरकारी सरकारी संस्था, टेफ (टेक्निकल एन्ड फर्दर एजुकेशन)को अन्तर्राष्ट्रिय योग्यता अनुकूलको १ वर्षे बहुआयामिक सीपमूलक प्रशिक्षण प्रदान गरिएको यो तेस्रो वर्ष हो । सो कोर्षअन्तर्गत तेस्रो ब्याचमा  २२ जना दीक्षित भएका छन् । उक्त कोर्ष टेफले तोकेकै पूर्वाधारअनुसार सञ्चालन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने