२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू

१५ भाद्र २०७५, शुक्रबार १६:१९

भदौ १५, काठमाडौं | अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् ।

राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई पहिलो सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथिका अष्ट्रेलियाका राजदूत पिटर बडले नेपाल सरकारमा पर्यटन विकासप्रतिको अत्यन्त सकारात्मक सोच भइरहेको अवस्थामा नेपालीहरुले आफ्नै देशमा बसेर अष्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल विद्यार्थीलाई बधाइ दिँदैे नेपाल र अष्ट्रेलियाबीच सरकारबीचको सम्बन्धजस्तै जनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान पु¥याउने धारणा राख्नु भयो ।


राजदूत बडले हाल अष्ट्रेलियामा ३० हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेको तथ्य उजगार गर्दै नेपालमै यस प्रकारको सीपमूलक अन्तर्राष्ट्रि«य मान्यताप्राप्त व्यावसायिक तालिम कार्यक्रम सञ्चालनका लागि गेट कलेजले गरेको पहलको सह्राहना गर्नुभयो । 

सो अवसरमा याक एन्ड यति होटलका महाप्रबन्धक मोनिका साइब्लरले नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव अहिले नै अनुभूति भइसकेको चर्चा गर्दै भविष्यमा धेरै होटलहरू नेपालमा आउने भएकाले त्यसका लागि चाहिने दक्ष र सीपयुक्त जनशक्ति कसरी आपूर्ति गरिने भन्ने विषयमा अहिलेबाट नै सोच राख्नुपर्नेमा जोड दिनुभयो । 

महाप्रबन्धक साइब्लरले अन्तर्राष्ट्रिय योग्यता भएका दक्ष युवायुवतीले स्वदेशमै काम गर्नका लागि प्रेरणा प्राप्त गर्नुपर्न भन्दै सीप, क्षमता र दक्षताअनुसार नेपालमै कामका लागि आग्रह गर्नुभयो ।

यसैगरी, जर्मन मास्टर सेफ ओलिभर क्लोफले ‘बाहिर जानुभन्दा पहिला आफ्नो सीपलाई आफ्नै देशमा धारिलो बनाए विदेशमा हुनसक्ने सम्भावित हिनताबोधबाट बच्न सकिन्छ,’ भन्नुहुँदै नेपालमा धेरै व्यक्तिले देश बाहिरको करिअरलाई सहज रुपमा हेरे पनि पार्कमा घुमेजस्तो नहुने उहाँले बताउनु भयो ।


यसै अवसरमा संसारकै उत्कृष्टमध्ये एक स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियर एलेक्स नूड्काभिचले नेपाल इको टुरिजम्को नमुना गन्तव्य हुनसक्ने बताउनु भयो । स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियरको सात जनाको टोली हाल नेपाल भ्रमणका क्रममा छ । एलेक्स उक्त टोलीकी नेतृ हुन् ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेज नेपालमा यस प्रकारको योग्यताका दिने, दक्षिण एसियाकै पहिलो कलेज भएको बताउँदै छोटो अवधिको प्राविधिक तथा व्यावसायिक तालिमले नेपाली युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्छ भने ठूलो परिमाणमा विदेशिने पैसालाई स्वदेशमै रोक्ने दाबी गर्नुभयो । ‘फलस्वरुपः आर्थिक कारणले असमर्थ युवाहरूले पनि स्वदेशमै रहेर अन्तर्राष्ट्रिय सीप हासिल गर्नसक्छन्, जुन उनीहरूको भविष्यको बाटो कोर्ने माध्यम बन्नसक्छ,’ लकाईंले भन्नुभयो ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त अष्ट्रेलियाको सरकारी सरकारी संस्था, टेफ (टेक्निकल एन्ड फर्दर एजुकेशन)को अन्तर्राष्ट्रिय योग्यता अनुकूलको १ वर्षे बहुआयामिक सीपमूलक प्रशिक्षण प्रदान गरिएको यो तेस्रो वर्ष हो । सो कोर्षअन्तर्गत तेस्रो ब्याचमा  २२ जना दीक्षित भएका छन् । उक्त कोर्ष टेफले तोकेकै पूर्वाधारअनुसार सञ्चालन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान