२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

२०७५, २६ भाद्र मंगलवार १३:४५

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा कर्णाली सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न ३ स्थानमा होडिङ बोर्ड राख्नु बाहेक अरु कुनै गतिविधी सञ्चालन गर्न सकेको छैन ।

विभिन्न ६ वटा स्थानमा होडिङ बोर्ड राख्ने गरी योजना र बजेट बनाएको कर्णाली प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले अझै सबै स्थानमा होडिङ बोर्ड समेत राख्न सकेको छैन । मन्त्रालय परिसर, सुब्बाकुना र हर्रेमा होडिङ बोर्ड राखे पनि रानीमत्ता, कोहलपुरमा होडिङ बोर्ड राख्ने कार्य भई रहेको मन्त्रालयका निमित्त सचिव शिवराम अधिकारीले बताए ।

बार्षिक पाँच लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ सुरु गरिएकोकर्णाली भ्रमण बर्षले गति लिन नसक्दा विपक्षीहरुलाई सरकारको आलोचना गर्ने बिषय बनेको छ । झण्डै ६४ लाख रुपैयाँ खर्चेर उद्घाटन गरिएको कार्यक्रम निश्प्रभावी बन्ने देखिएको छ । कुनै कार्य योजना बिना नै कार्यक्रम उद्घाटन गरिएकाले अपेक्षाकृत सफलता हाँसिल हुन नसकेको सरकारका अधिकारीहरुले बताएका छन् ।

कर्णाली–रारा भ्रमण बर्षका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक करोड बजेट विनियोजन गरेको छ । तर, त्यो कजेट कसरी खर्च गर्ने भन्ने बारे कुनै कार्ययोजना बनाएको छैन । मन्त्रालयले कार्यक्रम कार्यान्वयन कार्यविधी बनाई लागूकाम गर्न लागेको कर्णाली प्रदेश सरकारकोपर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव शिवराम अधिकारीले बताए । ‘बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधी बनाई रहेको छ’ उनले भने, ‘कार्यविधी निर्माण पछि पर्यटन प्रबद्र्धनका क्रियाकलापले गति लिनेछ ।’

पर्यटकको तथ्याङ्क छैन

एक बर्षमा पाँच लाख पर्यटक कर्णाली प्रदेशमा भित्र्याउने लक्ष्यका साथ सुरु गरिएको कर्णाली रारा भ्रमण बर्षको झण्डै आधा अवधी वित्न लाग्दासम्म कति पर्यटक कर्णालीमा आए भन्ने तथ्याङ्क कुनै निकायसंग छैन । भ्रमण बर्षको आयोजना गर्ने प्रदेश सरकार समेत यहाँका आएका पर्यटकको संख्याबारे बेखवर रहेको छ । ‘यो अवधीमा कति पर्यटक आए हामीसंग पनि तथ्याङ्क छैन’ मन्त्रालयका निमित्त सचिव अधिकारीले भने, ‘स्थनीय स्तरमा नै सम्बन्धित निकायलाई तथ्याङ्क राख्न भनिएको छ मन्त्रालयले एकमुष्ट बनाउने काम गर्नेछ ।’ आफ्नो संयन्त्र नभएका कारण पर्यटकको तथ्याङ्क संकलन गर्न नसकिएको उनले बताए ।

भ्रमण बर्षको मुख्य आकर्षक मानिएको मुगुको रारा ताल गएका पर्यटकहरुको तथ्याङ्क रारा राष्ट्रिय निकुञ्ज, सुर्खेतको बुलबुले र काँक्रेबिहार आउने पर्यटकहरूको तथ्याङ्क नगरपालिकाले संकलन गर्दै आएकोले ती निकायहरुसंगको समन्वयमा मन्त्रालयले तथ्याङ्क लिने योजना बनाएको निमित्त सचिव अधिकारीले बताए । केही कानूनी जटिलताका कारण पनि पर्यटन गतिविधीहरु गर्न नसकिएको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा