२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुख्यमन्त्री शाहीको नदि किनारमा बास

२०७५, २८ आश्विन आईतवार ०३:०५

असोज २८, सुर्खेत | कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शुक्रबारको एक रात पालभित्र बिताएका छन् । कर्णाली नदीमा सम्भाव्यता अध्ययन गरिरहेको वैज्ञानिकहरु सहितको नदी संरक्षण मञ्चको अभियानका क्रममा मुख्यमन्त्री शाही र पर्यटन मन्त्री बुढाले एक रात पालभित्रै बिताएका हुन् ।

दैलेखको आठबिस नगरपालिकाको डाबमा एक रात बिताएका पछि मुख्यमन्त्री शाहीले कर्णालीमा आउने पर्यटकहरुले प्राकृतिक सम्पदाको उचित फाइदा लिन सक्ने बताए । ढुङ्गाको सिरानी र बालुवाको ओछ्यान सहन सक्ने मान्छेहरुका लागि कर्णाली उचित गन्तव्य भएको मन्त्री मन्त्री शाहीले दोहोर्याए । शसस्त्र द्धन्द्धको समयमै कैयौ रात त्रिपालमुनी बिताएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिका पर्यटनको बिकास जरुरी भएको बताए ।  

कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा पर्यटनको सम्भावना अध्ययन थालेको छ । सरकार गठन भएको पहिलो बर्षलाई कानून र योजना निर्माणको बर्ष मानेको कर्णाली सरकारले विज्ञ समूहले दिएको सुझावका आधारमा कर्णाली नदीको वास्तविक सम्भावना अध्ययन थालेको हो ।


सरकारले कर्णालीको समग्र सम्भाव्यता अध्ययनका लागि एक महिना अघिदेखि नदी, जंगल र जडिबुटीलगायतका वैज्ञानिकहरुको एक समूहले कर्णालीमा खटाएको छ । उक्त समूहले कर्णाली नदीमा पर्यटकीय सम्भावना र नदीको आसपासका विभिन्न खानीको सम्भावनाबारे अध्ययन गरिरहेको बताइएको छ । वैज्ञानिकहरुको टोलीले हुम्लाको मानसरोवरदेखि कर्णालीको सीमानासम्म बिस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।


सरकारले खटाएको विदेशी वैज्ञानिकहरुको टोलीले कर्णाली नदी र त्यसको आसपासका सम्भावित खानीहरुबाट लिन सकिने लाभको बिस्तृत प्रतिवेदन मागिएको कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘कर्णाली नदीमा के सम्भावना हुनसक्छ ? त्यसबाट कर्णाली प्रदेशले कति कमाउन सक्छ ? त्यसको अनुमान वैज्ञानिकहरुको समूहले दिनेछ’ उनले भने ।


नेपाली नदी संरक्षण मञ्चले कर्णालीमा पर्यटन सम्भावनाको अध्ययन गर्न शुक्रबार र्याफ्टिङको सफल परीक्षण गरेको छ । दैलेखको माथिल्लो कर्णाली विद्युत आयोजना निर्माणस्थल आठबीस नगरपालिकाको डाबबाट चार वटा वोटमा थालिएको र्याफ्टिङमा दैलेखको तल्लो ढुङ्गेश्वरसम्म पुर्याइएको थियो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको कर्णाली नदीमा सम्भाव्यता अध्ययन गरिरहेको वैज्ञानिकहरुको टोलीले र्याफ्टिङ गरेका थिए ।

झण्डै ३० किलोमिटर र्याफ्टिङ गरेपछि कर्णाली नदी र्याफ्टिङका लागि उत्कृष्ठ विश्वकै ५ औं नदी भएको नेपाल नदी संरक्षण मञ्चका अध्यक्ष मेघ आलेले बताए । ‘कर्णालीको र्याफ्टिङ सञ्चालन गर्न सके यहाँ पर्यटन बिकासको राम्रो सम्भावना छ’ उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउनु पर्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने