२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका घुम्नलायक उत्कृष्ट शहरमध्ये काठमाडौं पाचौं नम्बरमा

२०७५, ६ कार्तिक मंगलवार ०६:१२

कात्तिक ६, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाचौं नम्मबरमा परेको छ । अमेरिकी ट्राफल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका १० उत्कृष्ट शहरको सूचि निकालेको हो ।

जसमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।

सन् २०१५ अर्थात साढे तीन वर्षअघिको भूकम्पको पीडा भुलेर काठमाडौंले विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार र आतुर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

तीन वर्ष अघिको भूकम्पबाट तहसनहस भएको काठमाडौं पुनर्निर्माणपछि पर्यटकहरुलाई स्वागत गर्न तम्तयार रहेको लोन्ली प्लानेटले जनाएको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

साथै हर्न निषेध गरिएको, ऐतिहासिक क्षेत्रहरुमा गाडी प्रवेश गर्न बन्देज गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको र रात्रि जीवन तथा खानाको लागि पनि काठमाडौं घुम्नलायक रहेको भनेर व्याख्या गरिएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने