२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिगलिगकोट आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै, घुम्ने देखि पिकनिक आउनेसम्म बढे

१८ कार्तिक २०७५, आईतवार ०५:०७

मनोज पराजुली । कार्तिक १८, गोरखा । पर्यटकीय आगमानको  सिजन सुरु भएसंगे गोरखाको ऐतिहासिक, धार्मिक र सास्कृतिक  महत्व बोकेको  लिगलिगकोटमा स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति बढेको  छ ।  लिगलिगकोटमा देश विदेशबाट पर्यटकहरु घुम्न, विद्याथीहरु शैक्षिक भ्रमण तथा पिकनिकका लागि आउने क्रम बढेको लिगलिगकोट विकास अभियानले जनाएको छ । 

यतिबेला आन्तरिक मात्र होइन विदेशी पाहुना समेतले घुम्मको लागि चासो देखाएपछि व्यवस्थापन गर्नको लागि लिगलिगकोट विकास अभियानलाई भ्याईनभ्याई भएको छ । यहाँसम्म आउने पर्यटकको लागि व्यवस्थापन गर्न तथा टुर गाइडको रुपमा खटिएका भेटिन्छन् अभियानका अध्यक्ष पूर्ण बहादुर राना । उनी भन्छन् ''देशका विभिन्न क्षेत्रका स्कुल तथा कलेजका शैक्षिक भ्रमणको लागि लिगलिगकोट प्रमुख गन्तव्य बनेको छ।'' समुहगत रुपमा आउने प्राय सबै टेलिफोन सम्पर्क गरेर मात्र आउने गरेको उनले बताए । लिगलिगकोटसम्म आउने जो कोहीलाई यहाँको वास्तविक अवस्थाबारे जानकारी दिन लागि परेको उनी बताउँछन्  । 


विशेष गरि यहाँ सम्म पुग्ने पर्यटकको लागि वासस्थानको लागि छुट्टै होटलहरु नभएका कारण स्थानीय घरहरुमा बस्नुपर्ने वाध्यता छ ।  प्रयाप्त मात्रामा होटल तथा होम स्टे संचालन नभएका कारण यहाँसम्म पुगेर सोहि दिन पर्यटक फर्कने गर्दछन् । तर यस्तो समस्या समाधानका लागि पालुङ्गटार नगरपालिकाले छिट्टै होम स्टे संचालनको  तयारी गरेको मेयर दीपकवाबु कंडेलले  बताए । लिगलिगकोट डाँडामा सामुहिक प्रयोजनका लागि सामुदायिक भवन निर्माण र स्थानीय क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले करिव ५० लाखको  हाराहारीमा खर्च गर्न लागेको कंडेलले बताए । 

नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक तथा ऐतिहासीक महत्व आदिले सम्पन्न भएका ठाउँहरुमध्ये लिगलिगकोट पनि एक हो तर उचित प्रचार प्रसार र प्रबद्र्धनको अभाब लिगलिगकोटले भोगिरहेको छ । तर ऐतिहासिक धरोहरहरुलाई उचित संरक्षण तथा संबद्र्धन गरि त्यहाँका जनतालाई मुलुककै पर्यटन ब्यवसायको मुलधारमा ल्याउन सकिने राना बताउँछन् । स्थानीय अभियन्ता गेहेन्द्र रानाको पहलमा  २०६५ सालमा लिगलिगकोट विकास अभियान  गठन गरी लिगलिगकोटको विकासको लागि काम शुरु भएको थियो । सो पश्चात समितिले लिगलिगकोटको विकासका लागि खानेपानीको धारा निर्माण, पाटी, रेलिङ, सिढीं र गेट लगायतका संरचना निर्माण गरेको छ । 


लिगलिगकोटको डाँडाबाट बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढि हिमश्रङखलाहरुको अवलोकन गर्न सकिन्छ । सेता टिलिक्क टल्कने हिमालहरुले यहाँ पुग्ने  जो कोहीको मन लोभ्याउने गर्दछ चाहे बालक होस् या वृद्ध । पर्यटकीय क्षेत्र लिगलिगकोट पुग्ने जो कोही पर्यटकहरु पनि मन्त्रमुग्ध हुने गर्दछन् । त्यसो त यहाँबाट देखिने मनास्लु हिमश्रङखलको मनोरम दृष्य, लमजुङको पर्यटकीय क्षेत्र राइनसकोट, लाली गुराँसको जंगल, लिगलिगकोटको पुराना दरबार, कोट, किल्ला, गढी, पुराना भग्नावशेष अनि नागबेली आकारमा बगेको चेपे नदीको मनोरम दृश्यले सबैको मन लोभ्याईरहेको हुन्छ ।


लिगलिगकोट चिनारी

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १ हजार ४ सय ३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ । गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । यिमध्ये लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले निकै महत्वपुर्ण छ ।  २ सय ४० वर्षसम्म एकछत्र रुपले शासन गरेको नेपालको शाह बंशको उदयबिन्दु मानिने लिगलिगकोट क्षेत्र पर्याप्त सम्भाबना बोकेको एक ऐतिहासिक पर्यटकीय स्थल पनि हो । यस क्षेत्रभित्र रहेका श्रीकालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, शिलालेखहरू र बस्ने पाटी रहेका छन्  ।


इतिहास जोगाउन दौड प्रतियोगिता 

गोरखाको इतिहास जगेर्ना गर्न बि स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियानले लिगलिगे दौड प्रतियोगिता गर्दै आएको छ। दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट सुरु हुने दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुलेडाँडा हुँदै लिगलिगकोट दरबारमा गएर सकिन्छ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ। दौडमा पहिलो हुनेलाई एक वर्षका लागि राजा घोषणा गर्दै श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ पगरी,मेडल र ट्रफी प्रदान गरिंदै आएको छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने यहाँ राजा छान्ने परम्परा बि.स. १६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको पाइन्छ । पाल्पाका राजा मुकुन्दसेनको मृत्यु पश्चात उनका छोराले राज्य चलाउन नसकेपछि लिगलिगकोटका स्थानीयहरुले चेपेबाट दौडेर लिगलिगकोट पुग्ने र जित्ने ब्यक्तिलाई राजा बनाउने सहमति भएको इतिहासमा छ ।  

लिगलिगकोटसम्म कसरी पुग्ने ?

लिगलिगकोट पुग्न विभिन्न बाटाहरु रहेका छन् । तनहुँ जिल्लाको डुम्रेबाट तुरतरे हुदै पालुङटारबाट लिगलिगकोटसम्म पुग्न सकिन्छ । त्यस्तै लमजुङको बेसीसहरतिरबाट राइनस नगरपलिकाको धमिलिकुवा हुदै पनि यहाँ पुग्न सकिन्छ भने बेसीशहरबाट तुरतुरे आएर पनि यहाँसम्म पुग्न सकिन्छ ।  गोरखा सदरमुकामबाट छेपेटार–खोप्लाङ–लुइँटेल–बडडाँडा हुँदै पनि जान सकिन्छ । जुनसुकै ठाउँबाट आएपनि गाडीबाट ओर्लिएको २० मिनेटमा लिगलिगकोट क्षेत्र पुग्न सकिन्छ । विशेगरी पिकनिक आउनेहरुको मागलाई ध्यानमा राखी समितिले खोल्ली गाउँबाट लिगलिगकोटको गेटसम्म गाडी  पुग्ने व्यवस्था गरिएको अध्यक्ष राना बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य