२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा नयाँ पर्यटकीय गन्तव्य छनोट

२३ कार्तिक २०७५, शुक्रबार १०:०८

कात्तिक २३, दमौली (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् । 

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यका आधारमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद तथा शान्ति पार्क र भीमाद नगरपालिका–३ स्थित सिद्धगुफालाई नयाँ गन्तव्यका रुपमा छनोट गरेसँगै सरोकारवाला खुशी भएका हुन् । शान्ति पार्कलाई सरकारले नयाँ गन्तव्यमा छनोट गरेपछि आफूहरुलाई हौसला मिलेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताउनुभयो । यस ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत टेवा मिल्ने विश्वास लिइएको उहाँले बताउनुभयो । 

नयाँ गन्तव्यमा छनोट भएको शहीद तथा शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र सो पार्क क्षेत्रभित्र पर्छ ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचनाहरु निर्माण गरिएको छ । यहाँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । 

त्यस्तै भीमाद नगरपालिकास्थित सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष दधीराज सुवेदीले पनि सरकारले गुफालाई नयाँ गन्तव्यमा छनोट गरेपछि खुशी व्यक्त गर्नुभयो । नयाँ गन्तव्यमा छनोट भएसँगै गुफाको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो यो गुफा उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । चार तला रहेको गुफाको करीब ३० मिटरभित्र पसेपछि पहिलो तलामा २०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा झुकेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ । 

जिदी खोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिने स्थानीयवासी बताउँछन् । तनहुँको व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरयात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य