२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ठाँटीपोखरीमा शुरु भयो लिगलिग पालुङटार नेवा: होम स्टे

२०७५, २ मंसिर आईतवार ०९:३९

मनोज पराजुली, मंसिर २, गोरखा । पालुङटार नगरपालिकाको वार्ड न ५ ठाँटीपोखरीको जौवारी टोलमा लिगलिग पालुङटार नेवा: होम स्टेको शुरुवात भएको छ । ठाँटीपोखरी नेवा : देय् दबुको सहकार्य र लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्रा.लिको व्यवस्थापनमा होम स्टे कार्यक्रमको उद्घाटन गरिएको हो । 


स्थानीय ८ नेवार समुदायको पक्कि घरहरुलाई सझावट गरि होम स्टेको शुरुवात गरिएको हो । पालुङटार क्षेत्रको पर्यटन प्रवर्धन गर्नको लागि "Sharing Home, sharing Happiness"भन्ने नाराका साथ होम स्टेको अवाधरणा ल्याईएको  लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । यस होम स्टेबाट आर्जन भएको रकम मध्ये लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी र  ठाँटिपोखरी नेवा : देय् दबुले १०/१० प्रतिशत र स्थानीय समुदायले ८० प्रतिशत लिने सहमति गरि काम शुरु गरिएको कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । पाहुनाहरुको आवमनसंगै होम स्टेलाई प्रवर्धन र विकास गर्दै लैजाने सोच गरिएको गिरीले बताए । स्थानीय समुदायका मानिसहरुलाई ट्रेनिङ दिने, नेवार परिकार बनाउने तालिम दिलाउने र अन्य होम स्टेहरुको अवलोकन भ्रमण मार्फत उनीहरुको क्षमता विकास गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

लिगलिग पालुङटार नेवा: होम स्टे पालुङटारको पहिलो होम स्टे हो । होम स्टे कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख दीपक बाबु कंडेलले होम स्टे संचालनमा आएसंगै पालुङटार क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए । पालुङटारमा आउने आन्तरिक तथा बाहय पर्यटकलाइ नेवा; होम स्टे मार्फत सेवा, सुबिधा उपलब्ध गराउन सहयोग मिल्ने बताए ।

पालुङटार नगरपालिका भित्रै रहेकोले पनि शहरभित्रै होटलको विकल्पको रुपमा पनि विकशित गर्दै लैजान सकिने वडा नम्बर ५ का अध्यक्ष दिपक पाण्डेले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ई दीपक बाबु कंडेल, नगर उप प्रमुख श्री पम्फा बसेल, ५ नम्बर वडा अध्यक्ष दीपक पाण्डे, वडा नम्बर ९ अध्यक्ष भेजराज पाण्डे, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने