२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राम्रीको होमस्टेमा विदेशी पर्यटक आउने क्रम शुरु

२०७५, ७ मंसिर शुक्रबार ०७:४२

शंकर के सी | मङ्सिर ७, दाङ | दाङ तुलसिपुरकोट राम्रीमा गत जेठ महिनामा स्थापना भएको सामुदायीक होम स्टेले विस्तारै पर्यटकहरुलाइ भित्राउदै गएको छ । स्वच्छ, सफा र सुन्दर वातावरणमा अवस्थीत राम्रीमा स्थापना भएको होम स्टेमा विदेशी पर्यटकहरु पनि भित्रने क्रम शुरु भएको होम स्टेले जनाएको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा नम्बर तीन मा रहेको होमस्टे अपेक्षानुसार फस्टाउन नसकेपनि शुरुवाती चरण भएकाले निराश हुनुपर्ने अवस्था नआएको सामुदायीक होम स्टे राम्रीका अध्यक्ष दोर्ण आचार्य बताए । होम स्टेमा अमेरिका, थाइल्याण्ड, भारत लगाएतका देशबाट पर्यटकहरु आउने क्रम शुरु भएको उनले बताए । आचार्यले भने, ‘हाल सम्म हाम्रो यस होम स्टेमा पाँच सय बढि वाह्य र तीन बहजार भन्दा बढि आन्तरिक पर्यटकहरु आउनुभएको छ । बाह्य पर्यटकमा बढिजसो भारतीय पर्यटकहरु आउनुहुन्छ ।’ 

पर्यटकहरुले स्थानीय उत्पादनबाट बनेका अग्र्यानीक खाना निकै मन पराउने गरेको उनले बताए । ढिडो, सिस्नु, स्थानीय जातको कुखुरा, दहि, घीउ जस्ता खाना होम स्टेमा आउने पर्यटकहरुले मन पराउने गरेका छन् ।


तुलसिपुरको राम्रीलाइ पर्यटकीय क्षेत्र बनाउने योजना रहेको छ । राम्रीमा थप ६ वटा होम स्टे थप गरेर पर्यटकहरु भित्राउने योजना रहेको अध्यक्ष आचार्यले जनाएका छन् । उनले भने, ‘कुनै पनि पर्यटकहरु आएर गाउँभरि घुम्न, रमाउन र यहाँ उत्पादीत वस्तुहरुको स्वाद लिन सकुन् भनेर थप ६ वटा होम स्टे निर्माण गर्ने तयारिमा छौँ ।’ यसको लागी समूदायस्तरबाट मात्रै सबै गर्न नसकिने वा कठिन हुने भएकाले सरकारी सहयोगको अपेक्षा राम्रीवासिले गरेका छन् । हाल सम्म होम स्टे सञ्चालनका लागी कुनै पनि तह वा निकायबाट सहयोग नभएको जनाउँदै आचार्यले होम स्टेको विकास र पर्यटन प्रवद्र्धनका लागी स्थानीय सरकारको पनि भुमिका त्यत्तीकै हुनुपर्ने धारणा राखे ।   

यसैविच होम स्टे सञ्चालनमा केहि चुनौतीहरु पनि देखा परेका छन् । राम्री स्थीत होम स्टेमा अहिले सुरक्षा देखि इन्टरनेटको प्रवन्ध छैन । यसले पर्यटकहरु ढुक्क संग राम्रीमा बस्न सक्ने अवस्था छैन । नजीकमा प्रहरी नहुनु, प्रविधिको युगमा पनि इन्टरनेटको व्यवस्था नहुनु जस्ता कारणले पर्यटकहरु केहि असुविधामा परेको अध्यक्ष आचार्य बताउँछन् । उसो त सुरक्षाको दृष्टीले असुरक्षित मानिने तुलसिपुर कपुरकोट सडक खण्डमा प्रहरीको सुरक्षा आवश्यकता पटक पटक उठ्दै आएको हो । यो विचमा कुनै अप्रिय घटना भइहालेमा कि त तुलसिपुर, कि त सल्यानको कपुरकोटबाट प्रहरी आउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा राम्रीको आसपासमा प्रहरी इकाइ स्थापना भएमा होम स्टेको प्रवद्र्धनमा पनि फाइदा पुग्ने स्थानीयको आशा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने