२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की हुँदै म्याग्दीको पुनहिलसम्मको पदयात्रा प्रवद्र्धन र संरक्षणमा चासो

१० मंसिर २०७५, सोमबार ०४:५२

वासुदेव पौडेल | मङ्सिर १०, पोखरा (रासस) | कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारबालाले चासो देखाएका छन् । 

जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेपाल पर्यटन बोर्डजस्ता सरोकारवाला निकायले यसको प्रवद्र्धन र विकासमा चासो दिएका हुन् । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट टाडापानी, घोरेपानी हुँदै म्याग्दीको पुनहिल पुगिन्छ । हरिया जङ्गलको बीचबाट चाँदीजस्तै टलक्क टल्कने हिमाल हेर्दै पदयात्रा गर्न सकिनु यस मार्गको विशेषता भएको अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बताउनुभयो । 

यो पदयात्रा मार्गमा आउने पर्यटक पोखराबाट नयाँपुल–वीरेठाँटी, घान्द्रुकबाट घोरपानी हुँदै पुनहिल पुग्छन् भने अर्कोबाटो उल्लेरी–तिखेढुङ्गा–घोरेपानी हुँदै पुनहिल पुग्दछन् । हिमाली दृश्यावलोकनसहित गुरुङ र मगर संस्कृति नियाल्दै पदयात्रा गर्न सकिने यस मार्गमा पर्यटकले तीनदेखि चार दिन बिताउने गरेको पाइन्छ । 

पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी गाउँपालिकाले पदयात्रा मार्गको स्तरोन्नति, होटल व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राखी अघि बढेको कुँवरले जानकारी दिनुभयो । तीन दिनको पदयात्रा गरिने यस मार्गको अन्तिम गन्तव्य पुनहिल हो । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको यस स्थानबाट आँखाले अन्नपूर्ण, धौलागिरि हिमाल नियाल्न सकिन्छ । त्यस्तै यहाँबाट बाह्रपिकअन्तर्गत पर्ने नीलगिरि अन्नपूर्ण प्रथम आकर्षक देखिन्छ । यहाँबाट सबैभन्दा नजिकै देखिने ठूलो हिमाल अन्नपूर्ण साउथ हो भने हिउँचुली, माछापुच्छ«े हिमाल पनि यहाँबाट देखिन्छ । 

पछिल्ला वर्षमा विदेशी मात्र नभई नेपाली युवामा पनि पदयात्राप्रति आकर्षण बढेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । उहाँका अनुसार पदयात्रा पर्यटनमा बढिरहेको आकर्षणलाई दृष्टिगत गरी बोर्डले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएको छ । 

पदयात्रा मार्गको अवस्था एवं त्यहाँ पर्यटकले पाएका सेवा सुविधालगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने गरी घान्द्रुक–टाडापानी–घोरेपानी हुँदै पुनहिलसम्म आजैदेखि बोर्डका प्रतिनिधिसहित सञ्चारकर्मीको अध्ययन भ्रमण गराउन लागिएको उहाँले जानकारी दिनुभयो । 

विश्वको प्रख्यात पर्यटक लोन्ली प्लानेटले नेपालमा घुम्नै पर्ने १० पर्यटकीय गन्तव्यका रुपमा घान्द्रुक–घोरेपानी–पुनहिललाई सूचीकृत गरेसँगै पछिल्ला समयमा अत्यधिक पर्यटक यस मार्गमा पुग्ने गरेका छन् । 

यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा पर्यटक यस पदयात्रा मार्गमा पुग्ने गरेको जनाइएको छ । स्वदेशी पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मन, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने