२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको विकास र समृद्धिमा चीनको सधै साथ रहनेछः राजदुत होङ्ग

२०७५, ११ मंसिर मंगलवार १३:५८

धनन्जय बुढा | मङ्सिर ११, काठमाडौं । नेपालका लागि चिनीयाँ राजदुत यु होङ्गले नेपाल र चीनको प्रचिन काल देखि एक असल मित्र रहदै आएको र नेपालको विकास र समृद्धिमा चीनको सधैं सहयोग रहने प्रतिबद्दता व्यक्त गरेकी छन् । 

मंगलबार राजधानीमा ‘पर्यटन व्यवसायीको लागि तेश्रो चिनीयाँ भाषा तालिम समापन’ समारोहलाई संबोधनका क्रममा सो प्रतिबद्धता  व्यक्त गरेकी हुन् ।

राजदुत होङ्गले सन २०१८ नेपाल तथा चीन दुबै देशका लागि महत्वपूर्ण तथा अर्थपूर्ण वर्ष भएको बताइन् , नेपालमा नयाँ संविधान जारी भएसंगै दुई तहका निर्वाचन भएको र अहिले स्थिर सरकारले विकास र समृद्धिको बाटो पकड्न सफल भएकोप्रति अफू खुसि भएको बताइन् ।


  सथै चीनमा सुधार र खुलापनको ४०औं वर्षगाँठ र ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ परियोजना’को पनि ५ बर्ष पूरा भएको बताउँदै उनले भनिन्, “नेपाल तथा विस्वमा नै यस परियोजनाको सकारात्मक प्रभाव पारिहेको छ ।” राजदुत होङले नेपाल र चीन सिमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दु्वै देशले एकअर्काको भाषा र सांस्कृतिको आदानप्रदान कार्यलाई आगमी दिनमा थप जोड दिनु पर्ने पनि बताइन् ।

त्यस्तै सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको राम्रो सहयोग रहदै आएको बताएका छन् । साथै पछिल्लो समयमा चीनले भाषा र सांस्कृतिक क्षेत्रमा पनि सहकार्य बढाउन इच्छुक भएकोमा धन्यबाद दिए ।


नेपाल सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा.हरिसचन्द्र साहले विगतका वर्षमा पनिे चिनीयाँ राजदुतावास,पर्यटन तथा सांस्कृत मन्त्रालयको समन्वयमा आफूहरुले गरेको चिनीयाँ भाषा शिक्षण कार्य सन्तुष्टि जनक भएको बताए ।

यस वर्ष ४० जनाले चिनीयाँ भाषाको एचएसके ३ (तेश्रो तह)को परिक्षा दिएको र त्यस मध्ये २९ जनाले उत्तिर्ण गर्न सफल भएको पनि अध्यक्ष साहले जनाकारी दिए । साथै कार्यक्रममा विद्यर्थीहरुले चिनीयाँ गीत संगित तथा नृत्य प्रदर्शन गरेका थिए ।

तश्वीर: सुनिल सर्मा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने