२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो

२०७५, १७ पुष मंगलवार ०८:२८

 पुस १७, काठमान्डौ (रासस) | जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् । 

पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र चुली आरोहणका लागि १० वटा आरोहण दल आएका थिए । सगरमाथा, अमादब्लङ, पुमरी, थापापिक (धम्पुस), गौगिरीलगायत आरोहणका लागि गएका हुन् । सगरमाथा गएको एसएसटी विन्टर एलेक्जेन्डर चिकोन एभरेष्ट एक्सिपिडिसन आरोहण दल यसअघि सन् २०१६ मा पनि सगरमाथा आरोहण गर्न आएको थियो । 

यस वर्ष पनि अष्ट्रेलियालगायत मुलुकबाट तीन वटा आरोहण दल अमादब्लङ हिमाल र धम्पुस पिक आरोहणका लागि गएको विभागले जनाएको छ । सन् २०१७ को जाडोयाममा रु नौ लाख २६ हजारभन्दा बढी आरोहण रोयल्टी उठेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यो वर्ष पनि गत वर्षकै हाराहारीमा आरोही आउने अनुमान गरिएको छ । 

विभागको विवरण अनुसार सन् २०१८ को शरद ऋतुमा ५५ वटा हिमाल र पिक आरोहणका लागि १७३ आरोहण दलका एक हजार ३९८ आरोहीबाट पाँच करोड ३८ लाख १७ हजार २७४ रोयल्टी सङ्कलन भएको छ । सोही वर्षको वसन्त ऋतुमा ४०० भन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । 

वैशाख ३० देखि जेठ ११ गतेसम्म भएको आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी उठेको छ । उक्त अवधिमा सगरमाथासहित २८ हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । 

हिमाल आरोहणका लागि वसन्त ऋतु (स्प्रिङ सिजन) उपयुक्त मानिन्छ । यो याममा धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणमा निस्कन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते