७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

म्याग्दीको तातोपानीमा ‘बाथ टब’ रिजर्भ गरेर नुहाउन पाइने

२२ पुष २०७५, आईतवार ०३:१४

पुष २२, गलेश्वर (रासस) | प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट व्यक्ति कुण्डमा नुहाउन आउने क्रम बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । 

यही क्रममा कुण्ड बाहिर रहेका तातोपानीका धाराहरु नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी ‘बाथ टब’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । अध्यक्ष शाक्यका अनुसार नयाँ निर्माण गरिएका कुण्ड (पोखरी)हरुलाई रिजर्भ गरेर समेत नुहाउन सकिने व्यवस्था गरिएको छ । नयाँ कुण्डमा एक पटकमा २५ जनासम्मले नुहाउन सक्नेछन् । परिवार र साथीभाइसँग आउने व्यक्तिले कुण्ड रिजर्भ गरेर नुहाउन सक्ने उहाँको भनाइ रहेको छ । बाथ टबमा प्रतिघण्टा प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । 

अक्षयकोषका लागि एक करोड १६ लाख सङ्कलन 

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको रु एक करोड ५० लाखको अक्षयकोषका लागि अहिलेसम्म रु एक करोड १६ लाख सङ्कलन भएको छ । 

आर्थिक अभावमा कसैलाई पनि उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ओमकुमारी शान्ति कोषले अक्षयकोष स्थापना गर्न लागेको हो । हालसम्म अक्षयकोषमा रु एक करोड १६ लाख सङ्कलन भइसकेको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । 

ओमकुमारी शान्ति कोष विसं २०७० मा स्थापना भएको हो । बेनी नगरपालिका–४ की ओमकुमारी (शान्ति) पुन हाइपोप्लाष्टिक एनिमिया रोगबाट पीडित भएपछि उनको उपचारमा सहयोग जुटाउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । उपचारकै क्रममा पुनको निधन भएको थियो । पुनको निधनपछि बचत भएको रकमबाट डेढ करोडको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी