२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँलाई पर्यटन प्रवद्र्धनमा जोड

२०७५, २४ पुष मंगलवार ०८:१५

 पुस २४, काठमाडौँ  | पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको ठूलो सहयोग आवश्यक रहेको बताउनुभयो । 

“पोखरा जाने पर्यटकमध्ये केही पर्यटकलाई तनहुँमा राख्नसके पनि तनहुँको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्नेछ, उहाँले भन्नुभयो । समाजले तनहुँको पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयलाई दबाब दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले तनहुँको पर्यटन विकासका लागि पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

सरकारले सन् २०२० का लागि चयन गरेको १०० वटा पर्यटकीय क्षेत्रमध्ये तनहुँको व्यास–परासर र सिद्धगुफा भिमाद क्षेत्र सूचीमा परेको छ । समाजका संस्थापक अध्यक्ष राजन पन्त तनहुँ क्षेत्रको पर्यटन विकासका लागि काठमाडौँ बस्ने व्यवसायीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 

व्यास परासर क्षेत्रबाहेक बन्दिपुर, भानु, तनहुँसुर, छिम्केश्वरी, देवघाट, सेती नदी, थानी माईको मन्दिर, मिर्लुङकोट तनहुँका प्रमुख पर्यटकीय गन्तव्यस्थलहरु रहेका छन् । समाजका अध्यक्ष शेखरबहादुर थापा तनहुँको पर्यटन विकासका लागि तनहुँका पर्यटन व्यवसायी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । विसं २०७१ मा स्थापना भएको समाजले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आएको समाजका महासचिव आशुतोष प्रधानले जानकारी दिनुभयो । 

साधारण सभाले गुप्तबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजका उपाध्यक्षमा शुक्रकुमार श्रेष्ठ, महासचिव दामोदर थापा, सचिव राजेन्द्र जिसी, कोषाध्यक्ष भुवन श्रेष्ठ, सहकोषाध्यक्ष सुमित्रा ढकाल र सदस्यमा केशवलाल श्रेष्ठ, क्षितिज गैरे, राजु गैरे र शुकबहादुर लामा हुनुभएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते