पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिक"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

राष्ट्रिय एकताको सन्देश दिन लिगलिगकोटमा ४० फिट अग्लो झण्डा फहरांइदै

२०७५, २६ पुष बिहीबार ११:५०

पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिकरणको शिलान्यास भएको गोरखाको  लिगलिगकोटमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपक बाबू कंडेलबाट झण्डोत्तोलन गर्न लागिएको हो  । 

लिगलिग कोटमामा राखिने झण्डाको उचाई ४० फिट अग्लो रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले साझा सबाललाई जानकारी दिए । लिगलिगकोटको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले करिब १० लाखको बजेटमा  झण्डा राखिन लागेको अधिकृत भारतीले बताए । 

नगरपालिकाले यो आर्थिक वर्ष लिगलिगकोटको  विकासको लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो रकम लिगलिगकोटको पर्यटन प्रवर्धन तथा होम स्टे विकासका लागि खर्च गरिने भारतीले बताए ।नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरि नयाँ संदेश दिन लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले बताए । शुक्रबार हुने कार्यक्रममा सबै लिगलिगबासीहरुलाई उपस्थित हुन अनुरोध गरिएको रानाले बताए ।

लिगलिगकोटको विकासका लागि लिगलिगकोटमा प्रदेशस्तरीय संग्रहालय निर्माण गर्न गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ  रकम विनियोजान गरेको छ । हाल यो प्रक्रियामा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोहि कार्यक्रममा बौद्ध हिमाल युवा क्लबका अभियन्ता हरुद्वारा गरिएको "लिगलिग – पालुङटार प्रवर्द्धन यात्रा २०७५ " मा टिस्टा नदि सम्म पुर्याइएको झण्डा नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते