२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उचित संरक्षणको पर्खाइमा कमलपोखरी

२०७५, २३ फाल्गुन बिहीबार ०४:४८

नारायणी रजौरे | फागुन २३, दाङ (रासस) | कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ । 

पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढा–टाढाबाट मानिस अहिले पनि आउने गर्दछन् तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव दिएर फर्केने गरेका छन् । करीब एक बिघा क्षेत्रफलमा ताल रहे पनि अहिले त्यो साँधुरो हुनुका साथै धेरै भाग पुरिँदै गएको छ भने जलकुम्भी झारले समेत ढाकेको छ । 

करीब ९० वर्ष पहिले निर्माण गरिएको सो तालको संरक्षण स्थानीयवासीले गर्दै आए पनि बजेट अभावका कारण तालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेका छैनन् । पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका समाजसेवी तथा रजौरा निवासी ७० वर्षीय गोविन्दप्रसाद रजौरेले तालको उचित संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताउनुहुन्छ । “तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीँ छैन । यसलाई संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “यति पुरानो पोखरीको गाउँलेहरुले संरक्षण गरेर राखेका छौं, तर सरकारी निकायबाट खासै पहल गरिएको छैन ।” 

अर्का स्थानीय ४८ वर्षीय डिल्लीराज रजौरेले पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, वनभोजस्थल, जलविहार तथा त्यहाँ जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेर्न सकिने बताउनुभयो । कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष दीपक न्यौपानेले कमलपोखरीको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले यहाँका नागरिकको अथक श्रमदानले नै पोखरीलाई जीवन्त राख्न सकेको बताउनुभयो । तालको संरक्षण गरी सुरक्षाका लागि तालको छेउछेउमा पर्खाल लगाउन सके, त्यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई पोखरी नजिकै बस्नका लागि सेट निर्माण गर्नसके, पुरिएको ताललाई उत्खनन गरी ढुङ्गाको व्यवस्था गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उहाँको भनाइ थियो । 

यसैबीच उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछानेले कमलपोखरी तालको उचित संरक्षण गर्न आफू लाग्ने बताउनुभएको छ । उहाँले यसलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूले वडाबाट गुरुयोजना निर्माण गरिरहेको पनि बताउनुभयो । 

तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । नब्बे वर्ष पहिले रजौराका स्थानीयवासीले रजौरा, गोलौरा, डुम्रीगाउँलगायत गाउँका गाईवस्तुलाई गर्मीयाममा पानी खुवाउन आफँै श्रमदान गरी मानवनिर्मित जलभण्डारको व्यवस्था गरेका थिए । त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले पनि सोही तालमा नुहाउने, कपडा धुने र भाँडाकुडा सफा गर्ने गरेको यहाँका थारू अगुवाहरु बताउँछन् । त्यसैलाई पछि पोखरीमा परिणत गरेका थिए । सो पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो । कमलफूल हेर्न र टिप्न गाउँगाउँबाट मानिस आउने गर्दथे । त्यसैले त्यस पोखरीको नाम कमलपोखरी राखिएको बताइएको छ । कमलपोखरी ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट ५०० मिटर पश्चिममा पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला