२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पर्यटकीय स्थल बन्दै ‘कृष्णधाम’

२०७५, २८ फाल्गुन मंगलवार १३:१३

मोहन पौडेल | फागुन २८, परासी (रासस) | पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२ फुट अग्लो मूर्ति निर्माण भइरहेको छ । 

जमीनको सतहदेखि ७२ फुट र पैतलादेखि शिरसम्म ५२ फुटको उक्त श्रीकृष्णको मूर्ति विश्वकै अग्लो दाबी गरिएको छ । पूर्वपश्चिम राजमार्गको छेउमै निर्माण भइरहेको सो मूर्तिलाई पूर्णता दिएर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पाँच महीनाअघिदेखि स्थानीयवासीको सक्रियतामा काम भइरहेको मूर्ति निर्माण समितिका अध्यक्ष उमाकान्त उपाध्यायले बताउनुभयो । 

स्थानीयवासीले तारबार गरी संरक्षण गरेको १४ बिघा क्षेत्रफलमा निर्माणाधीन श्रीकृष्णको अग्लो मूर्तिसहित यहाँ गणेश, शिव, विश्वकर्मा, दुर्गाको मन्दिर तथा धर्मशाला पनि छन् । नजिकै स्थानीय आमा समूहले १०८ वरपिपल लगाएका छन् भने वरपर सामुदायिक वन क्षेत्र रहेको छ । मूर्ति निर्माण भइरहेको नजिकैबाट डाकापानी सिमसार क्षेत्रबाट खोल्सा बग्दै आएको छ । 

सुनवलकी समाजसेवी देवी घिमिरेको पहलमा पाँच वर्षअघि शुरु गरिएको मूर्ति निर्माणकार्य एक वर्षअघि रोकिएपछि स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको हो । उक्त खोलालाई व्यवस्थित गरी डुङ्गा सञ्चालन गर्ने, सो स्थानमा बाटीका, सेमिनार हल, खेलकूदका लागि कभर्डहल लगायतका बहुउद्देश्यीय संरचना निर्माण गरी डाकापानी सिमसार क्षेत्रसँगसमेत जोडेर आकर्षक धार्मिक पर्यटन क्षेत्र बनाउने गरी गुरुयोजना बनाएको अध्यक्ष उपाध्यायले बताउनुभयो । 

आगामी कृष्णाष्टमीसम्ममा पूरा गर्ने लक्ष्यसहित तीव्र रुपमा काम भइरहेको समितिले जनाएको छ । करीब रु एक करोडको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको उक्त मूर्ति निर्माणमा अहिलेसम्म रु ८० लाख खर्च भइसकेको बताइएको छ । 

समाजसेवी घिमिरेले महायज्ञ सञ्चालन गरी त्यहाँबाट उठेको रकमबाट मूर्ति निर्माण थाल्नुभएको थियो । करीब रु ६० लाख खर्चेर आधा काम सके पनि आर्थिक अभावमा निर्माण रोकिएको थियो । अहिले स्थानीयवासीले त्यसलाई पूर्णता दिने सङ्कल्पसहित निर्माणलाई अघि बढाएपछि सहयोग जुट्ने क्रम बढेको छ । 

मूलपानी सामुदायिक वन उपभोक्ता समूहले रु पाँच लाख सापटीको रुपमा सहयोग गरेको छ भने चालु आर्थिक वर्षमा सुनवल नगरपालिकाले पनि उक्त कृष्णधाममा पर्यटन पूर्वाधार विकासका लागि भन्दै रु दश लाख विनियोजन गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । 

स्थानीयवासीले गएको रामनवमीमा मेला सञ्चालन गरी करीब दुई लाख सङ्कलन गरेका थिए भने स्थानीय आमा समूह र मौरीपालन समूहले पनि आर्थिक सहयोग गरेको निर्माण समितिले जनाएको छ । 

निर्माणाधिन मूर्तिको ५०० मिटर पश्चिम उत्तरमा एउटा कुण्ड(दह)समेत रहेको र उक्त कुण्डमा दामोदर स्वरुपको श्रीकृष्णले स्नान गरेको किम्बदन्ती स्थानीय माझ प्रचलित छ । उक्त कुण्ड नजिकको गाउँको नामसमेत दामोदार कुण्ड रहन गएको बताइन्छ । 

उक्त स्थान भगवान श्रीकृष्णको दामोदर स्वरुपसँग सम्बन्धित भएका कारणनै भगवान श्रीकृष्णको दामोदरस्वरुपको मूर्ति निर्माण गर्न लागेको स्थानीय दामोदर कुण्ड निवासी दुर्गा गुरुङले बताउनुभयो । 

भारतका कालिगढले निर्माण गरिरहेको उक्त मूर्ति रहेको क्षेत्र बुटवलदेखि १८ किलोमिटर पूर्वमा पूर्व–पश्चिम राजमार्गको उत्तर तर्फ छ । राजमार्गको छेउमै रहेका कारण लुम्बिनी र पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लागि सो स्थान पवित्र धार्मिकस्थल सावित हुने स्थानीयवासीको अपेक्षा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते