२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बैतडीमा पर्यटकीयस्थल संरक्षणका लागि रु ५० लाख

२०७५, २ चैत्र शनिबार ०९:२९

चैत २, बैतडी | बैतडीमा रहेको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल संरक्षणका लागि यहाँका स्थानीय तहले चासो देखाएका छन् । 

जिल्लाको दुर्गम सिगास गाउँपालिकाले त्यहाँ अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सिगास धुराको संरक्षणका लागि चासो देखाएको हो । सिगास धुरा क्षेत्रको संरक्षणका लागि भन्दै रु ५० लाख बजेट विनियोजन गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । विनियोजित बजेटले उक्त क्षेत्रमा मैदान निर्माण गरिनुका साथै बाटोको स्तरोन्नति गरिने उहाँले बताउनुभयो । 

क्रमागत योजनामा राखिएको उक्त क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि आगामी वर्ष थप बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष धामीको भनाइ रहेको छ । हात्तीसुन्नादेखि सिगास धुरा मन्दिर क्षेत्रसम्मको एक किलोमिटर बाटोको स्तरोन्नति र मैदान निर्माण कार्य भइरहेको बताइएको छ । सिगास धुराको संरक्षण र प्रवद्र्धन गरी प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते