२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्न नाट्टाको माग

२०७५, १५ चैत्र शुक्रबार १०:१८

चैत १५, काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बिहीबार भेटेर पर्यटन क्षेत्रको समग्र विकासका लागि सातै प्रदेशमा‘पर्यटन विश्वविद्यालय’आवश्यक रहेको बताएको हो । 


नाट्टाले एकमात्र विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन भएकाले यसको विकास र विस्तारका लागि मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको हो । नाट्टाले तिब्बत, मानसरोवर, कैलाश जाने यात्रुको भुक्तानी अमेरिकी डलरमा लिन पाउने व्यवस्था मिलाउनुपर्ने, पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा मान्यता दिनुपर्ने, बन्द, हड्तालमा निर्वाध रूपमा पर्यटक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने, त्रिभुवन विमानस्थलमा हुने एयर ट्राफिक कम गर्ने व्यवस्था गर्न माग गरेको छ । 

यस्तै, वैकल्पिक विमानस्थल चाँडो सञ्चालन गर्नुपर्ने, पर्यटक बसपार्क निर्माण गर्नुपर्ने, पर्यटकलाई अनलाइन भिसाको व्यवस्था मिलाउनुपर्ने, छ न्यारोबडी र चार वाइडबडी विमान भित्र्याउनुपर्ने, हवाई सेवा पार्किङलाई सहज बनाउनुपर्ने लगायतका मागसमेत नाट्टाले राखेको छ । 

नाट्टाका अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्ष सफल बनाउन आफूहरुले राखेका मागलाई पूरा गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “हामीहरुले राखेका माग पूरा भए पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी धेरै मात्रामा भित्रिन्छ”, उहाँले भन्नुभयो । 

भेटपछि मन्त्रालयका सचिव सापकोटाले नेपाल भ्रमण वर्षमा धेरै विदेशी पर्यटक भित्र्याउनका लागि चाहिने पूर्वाधार र नीतिगत निर्णय पूरा गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “निजी क्षेत्रको सहयोगविना नेपालको पर्यटन क्षेत्रको विकास सम्भव छैन”, उहाँले भन्नुभयो । 

नेपाल भ्रमण वर्षलाई सफल पार्न नाट्टाले विभिन्न कार्यक्रम अगाडि सारेर अगाडि बढेको नाट्टाका सह-कोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते