२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटनमैत्री नीति तथा कार्यक्रम

२१ बैशाख २०७६, शनिबार १७:५९

सिवी अधिकारी | वैशाख २१, काठमाडौँ (रासस) | सरकारले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि पूर्वाधार निर्माणलाई जोड दिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी रुपमा अघि बढाइनुका साथै पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको विमानस्थल निर्माणसँगै थप नयाँ गन्तव्य प्रवद्र्धन तथा पर्यटकीय सेवा सुदृढीकरणको कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइने योजन छ । हाल उक्त विमानस्थलको ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । यो विमानस्थल पनि सन् २०२१ को शुरुदेखि सञ्चालन गर्ने गरी निर्माण कार्य तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बहुप्रतिक्षित बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य शीघ्र प्रारम्भ गरिने भएको छ । विमानस्थल निर्माणको विषयमा लामो समयदेखि चर्चा भए पनि निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सन्दर्भमा सरकारले आगामी आवको नीति कार्यक्रममा उक्त आयोजना उच्च प्राथमिकताका साथ अघि बढाउने जनाएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विवरणमा मुलुकभर ५६ विमानस्थल छन् । तीमध्ये ३२ विमानस्थल कालोपत्र भइसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पाँच राष्ट्रिय गौरवका आयोजना छन् तीमध्ये तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छन् ।

पर्यटकीय पूर्वाधार विकासलाई जोड दिएको नीति तथा कार्यक्रम पर्यटनमैत्री रहेको भन्दै पर्यटन व्यवसायीले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउने सशक्त माध्यम पनि पर्यटन क्षेत्र नै भएकाले नीतिमा समेटिएका योजना कार्यक्रमलाई परिणाममुखी बनाउन सरोकार भएका सबै संयन्त्रलाई सक्रिय बनाइनुपर्ने उनीहरुको सुझाव छ ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रमा उत्साह जगाएको र समेटिएका विषयवस्तुको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । “समग्रमा नीति तथा कार्यक्रम पर्यटन व्यवसायीलाई उत्साहित बनाउने खालकै छ । निर्माणाधीन ठूला आयोजनाअन्तर्गतका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, स्तरोन्नति तथा प्रत्येक गाउँपालिकाको केन्द्रमा कालोपत्र सडक पुर्याउनेजस्ता कार्यक्रम राम्रा छन् कार्यान्वयन पक्षलाई जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सरकारले गुणस्तरीय पर्यटक भित्र्याउन निजी क्षेत्रसँगको सहकार्यमा सेवाको गुणस्तर वृद्धि गरिने नीति लिइएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिनेछ । उक्त अभियान गत चैत ३० गते पोखराबाट पूर्व शुरुआत गरिएको थियो । आगामी डिसेम्बरको अन्तिममा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिने पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले अघिल्लो आर्थिक वर्षमा पनि यो अभियानलाई नीति तथा कार्यक्रममा समेटेको थियो ।

पर्यटकीय पूर्वाधार विकास, दोहोरो अङ्कको आर्थिक वृद्धिका लागि अवलम्बन गरिने प्राथमिकतायुक्त कार्यक्रम नीति तथा कार्यक्रमका सकारात्मक विषय भएको र यसले पर्यटन क्षेत्रमा थप आशाको किरण जगाएको होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह बताउनुहुन्छ । उहाँले सरकारले अघिल्लो नीति तथा कार्यत्रम र बजेटमै घोषणा गरेको भ्रमण वर्षको प्रभावकारी कार्यान्वयनका लागि यो पटक पनि प्राथमिकता दिनु खुसीको विषय भएको उल्लेख गर्नुभयो । महासचिव शाहले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई सार्थक बनाउने मुख्य आधार पर्यटन क्षेत्र भएकाले नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्छ भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ पनि समग्रमा नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नीति कार्यक्रमा पर्यटनसँग जोडिएका विषयवस्तु असाध्यै राम्रा छन् मुख्य कुरा कार्यान्वयन नै हो । सबै संयन्त्रलाई  सक्रिय बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।” प्यासिफिक एशिया ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले नीति तथा कार्यक्रम पर्यटनमैत्री भएको र यसको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक परम्परा र संस्कृति झल्कने गरी बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रुपान्तरण गरिने,  हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थललाई ठूला विमान उडान अवतरण गर्नसक्ने गरी विकास गरिनुका साथै राष्ट्रिय राजमार्गका उपयुक्त खण्डलाई आपतकालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गको रुपमा विकास गरिने लक्ष्य लिइएको छ ।

पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै सम्पन्न गरी आर्थिक वृद्धिको सुदृढ आधार तयार गर्ने नीति लिएको सरकारले स्रोत, साधन, जनशक्ति परिचालन र अनुगमनको विशेष व्यवस्था गरी लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा पनि पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनात्मक गतिविधिलाई उच्च प्राथमिकता दिएको थियो । सन् २०१८ मा नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते