२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिईएपछि

२०७६, १० जेष्ठ शुक्रबार ०७:०४

जेठ १०, दार्चुला | अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडौँबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । 

अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नं २ को घाँटीबगरबाट फर्किएका छन् । 

अपि वेशक्याम्प जान हिँडेका उनीहरुलाई गलत बाटो बताइएका कारण अलपत्र परेको पर्यटकका सहयोगी खगेश्वर गौतमले बताउनुभयो । नेपालको बाटो भएर अपि फेद जाने बाटो छैन भनेर कसैले भनेनन्, सहयोगी गौतमले भन्नुभयो, “माथि पुगेपछि बाटो नै रहनेछ ।” अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेसँगै काठमाडौँबाट दार्चुला पुग्नुभएका पर्यटकलाई घिमिरेलेसमेत सही सूचना नदिएको उहाँले गुनासो गर्नुभयो । 

जिम्मेवार निकायको व्यक्तिलेसमेत बाटोको अवस्थाबारे जानकारी गराएनन् । कार्यालयमै गएर जानकारी लिइयो बाटो छ कि छैन भने तर पनि सही सूचना हामीलाई दिइएन उहाँले भन्नुभयो । खलङ्गाबाट चार दिनमा घाँटीबगर पुगेपछि बाटो रहेनछ । ठाउँठाउँमा प्रहरीले सोधे, प्रवेश गरे तर बाटोका बारेमा जानकारी दिएनन् । हिकिला, हुती, सुनेसरा, सबै प्रहरी चौकीमा सोधियो, तर बाटोबारे केही भनेन् गौतमले भन्नुभयो, “व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीलाई समेत सुनसेरामा भेट भयो । तर उहाँले पनि बाटोको अवस्थाबारे जानकारी गराउन नसकेको उहाँको भनाइ छ । 

उनीहरुलाई दुम्लीङ प्रहरीले बाटोका बारे जानकारी गराएपछि उनीहरु निराश हुँदै फर्किएका छन् । खलङ्गामै बाटोका बारेमा जानकारी गराइ दिएको भए दोस्रो रुट प्रयोग गर्न सकिन्थ्यो । अपि नाम्पा घुम्न भनेर आएका विदेशी पर्यटकले बाटोबाटै फर्किनुपर्दा निराश भएका छन् । झण्डै २५ दिनको म्याद लिएर घुम्न आएका थिए । वैशाख २९ गते सदरमुकाम खलङ्गाबाट हिँडेका उनीहरु ३० गते हुती, ३१ गते तुसरपानी, जेठ १ गते सलेनी, २ गते कल्जु र ३ गते थी पुगेका थिए । 

बाटोमै अलपत्र परेका उनीहरुले अन्तिममा राप्ला घुमेर फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी