२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

५ श्रावण २०७६, आईतवार ०९:४१

साउन ५, बनेपा | होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा यही साउन ११ र १२ गते हुने भएको छ । छरिएर रहेका साना, मझौला तथा तारे होटल तथा पर्यटन व्यवसायीलाई एकै ठाउँमा आबद्ध गराउँदै पर्यटन विकासमा काम गर्ने उद्देश्यले स्थापना भएको सो सङ्घले सन् २०२० को नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने लक्ष्यका साथ सो अधिवेशन गर्न लागिएको सङ्घका प्रदेश संयोजक सन्तोष उप्रेतीले बताउनुभयो ।

सन् २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा सरकारको उक्त अभियानलाई टेवा पु¥याउन कटिबद्ध भएर लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको अभियानसँगै व्यवसायी आफैँले पर्यटकीय स्थानअनुसारको कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छौँ ।”

सङ्घले ‘व्यावसायिक एकता हाम्रो प्रतिबद्धता, पर्यटक प्रवद्र्धनमा निरन्तर सक्रियता’भन्ने नाराका साथ विभिन्न पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन एवं अवलोकन गर्दै आएको जनाएको छ । वैदेशिक रोजगारीमा पलायन भएको युवावर्गलाई होटल तथा पर्यटन क्षेत्रमा स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउनुपर्नेमा जोड दिँदै होटल तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउने, सम्पदाको प्रचार-प्रसार र संरक्षण तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको सङ्घले अधिवेशनमा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीको सहभागिता रहने आयोजकले जनाएको छ ।

काभ्रे होटल तथा रेस्टुराँ व्यवसायी सङ्घको व्यवस्थापनमा हुने लागेको सो अधिवेशनमा प्रदेशभरिका ४५० भन्दाबढी व्यवसायीको सहभागिता रहने जनाइएको छ । यसअघि नुवाकोट जिल्लामा विसं २०७४ फागुन १४ र १५ गते होटल तथा रेस्टुराँ व्यवसायीको भेलाले सङ्घको तदर्थ समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य