२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँको ऐनापहरा झरना पर्यटकीय गन्तव्य बन्दै

१६ भाद्र २०७६, सोमबार ०८:५०

भदौ १६, तनहुँ | पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । 

निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना देखेपछि रोकिएकै हुन्छन् । झरनामा रमाउँदै, तस्बिर खिच्दै पर्यटक उक्त झरनाको सुन्दरता देखेर मोहित हुने गरेका छन् । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण झरनामा रमाउन पुग्ने गरेका छन् ।

दमौलीका विनय शाहले झरना निकै मनमोहक रहेकोले यहाँ आउने जोकोही पनि मोहित हुने गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो झरनाले पनि पर्यटक आकर्षित गर्न सक्ने शाहले बताउनुभयो । “झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

व्यास नगरपालिका–२ का शिवहरि धितालले ऐनापहरा झरना निकै आर्कषक लागेको बताउनुभयो । “झरना निकै राम्रो छ, पहरो र चट्टानी ढुङ्गाले झरनालाई आकर्षक देखाउँछ”, उहाँले भन्नुभयो, “यसको व्यापक प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सक्नुपर्छ ।”

झरनामा तनहुँलगायत गोरखा, चितवन, लमजुङलगायतका आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पछिल्लो समय झरना ‘रिफ्रेस स्टेशन’ को रुपमा विकास हुन थालेपछि आँबुखैरेनी गाउँपालिकाले पूर्वाधार निर्माणमा ध्यान दिएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले झरनामा पर्यटकको चहलपहल बढ्न थालेकाले पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार यस क्षेत्रमा शौचालय, रेलिङ र बसपार्क निर्माणको काम शुरु गरिएको छ । यी पूर्वाधार निर्माणका लागि गाउँपालिकाले रु नौ लाख बजेट विनियोजन गरेको छ । “पर्यटकको बाक्लो उपस्थिति हुन थालेपछि सवारी व्यवस्थापनका लागि बसपार्क निर्माण थालेका छौँ”, उहाँले भन्नुभयो, “साथै शौचालय निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।”

गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारसँगै रहेको यस झरनाले सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्षलाई सहयोग पुर्याउने अध्यक्ष थापाले बताउनुभयो । “राजमार्गमा यात्रा गर्नेहरुले यस ठाउँलाई थकाइ मेट्ने थलो बनाउन थालेका छन्,” उहाँले भन्नुभयो, “यसले गर्दा यहाँ केही पसल खुलेका छन्, जसले गर्दा स्थानीयवासीलाई आम्दानीको स्रोत पनि बनेको छ ।”

झरनाको प्रवद्र्धनका लागि गाउँपालिकाले प्रचारप्रसार अभियानलाई पनि तीव्र पारिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो । “गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा झरनालाई विकास गर्ने योजना बनाएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो ।

पौडेलका अनुसार झरनासँगै रहेको ठूला चट्टानी ढुङ्गामा बसेर पर्यटकहरु तस्वीर खिच्न मन पराउने गरेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. २ र ४ को सीमानामा पर्ने झरनामा तनहुँकै अग्लो महाभारत श्रृङ्खला छिम्केश्वरीको फेदीबाट सिउदी खोलाको पानी बगेर आएको छ । रासस 

तश्वीर: सुपेन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य