२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्नपूर्ण पदमार्गमा बेपत्ता आफ्ना नागरिकबारे जानकारी लिन कोरियाली राजदूत पोखरामा

२०७६, ५ माघ आईतवार ११:३३

माघ ५, काठमाडौँ | अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूको अवस्था बारे जानकारीको लागि  नेपालस्थित दक्षिण कोरियाली राजदूत पोखरा पुगेका छन् | उक्त क्षेत्रमा गएको हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन् |

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार उनीहरूलाई हिमपहिरोले पुरेको आशङ्का गरिएको छ | काठमाडौँ स्थित कोरियाली राजदूत पार्क योङ्-सिकसहितको कोरियाली टोली पोखरा पुगेको उनले जानकारी दिए | 

 अन्नपूर्ण क्षेत्रतर्फ जान लागेका उनीहरु सुरक्षाकर्मीले अवस्था प्रतिकूल रहेको जनाएपछि आइतबार पोखरामै रहेका छ |  "राजदूतसहितको टोली घटनास्थलतर्फ जाने कुरा थियो तर आज परिस्थिति अनुकूल नभएकाले उहाँहरू पोखरामै हुनुहुन्छ।"उनले भने,"भोली सम्भवत: उहाँहरूलाई त्यता पठाउने बन्दोबस्त गरिनेछ।" |

आइतबार बिहान हिमपहिरोको मात्रा ठूलो भएकाले अन्नपूर्ण क्षेत्रमा बेपत्ताहरूको खोजीमा कठिनाइ भएको छ | न्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा साना र ठूला हिमपहिरो जाँदा त्यसक्षेत्रमा पदयात्रा गरिरहेका कैयौँ विदेशी र नेपाली नागरिकहरू फसेका थिए |

हिमपहिरोका कारण बाटोमा फसेका ११० जनाको उद्धार गरिएको छ | चार कोरियाली र तीन नेपालीको बारेमा भने खबर पाउन  नसकिएको उनले बताए | -बिबिसको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने