२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

भ्रमण बर्ष: रारामा पर्यटक सुनसान ! (फोटो फिचर)

२०७६, ८ फाल्गुन बिहीबार ०७:५५

दान बहादुर बुढा | फागुन ८, मुगु | सरकारले भ्रमण बर्ष २०२० मनाई रहेको अवस्थामा नेपालको ठूलो र सुन्दर ताल रारामा हिजो-आज पर्यटकहरुको चहल पहल शुन्य भएको छ । 

मुगु जिल्लाकै एकमात्र सडक सन्जाल कर्णाली राजमार्गको नाग्म गमगढी बजारमा रहेको घुच्ची लेखमा पुस महिनाबाट परेको ठूलो हिमपातले सडक बन्द हुँदा र रारा ताल्चा बिमानस्थलमा आउने निजि तथा सरकारी हवाई-जहाजको नियमित उडान नहुनाले मुगु जिल्लामा रहेको पर्यटकिय स्थानमा घुम्न आउने पर्यटकको संख्या शुन्य भएको छ ।

नेपाल सरकारले २०२० मनाई रहेको समयमा पर्यटकहरुले रारा आउनको लागी सम्पर्क गरेका छन् । तर रारा पुग्ने सडक संजालको व्यवस्था राम्रो नभएको लामो समयसम्म हिमपात बन्द हुनु नियमित हवाई उडान नहुनु रारा पुग्नको लागी पर्यटकहरुलाई ज्ञान नभएको कारण हिजोआज रारामा पर्यटकहरु शुन्य भएको हेरिटेज एण्ड रिसोर्टका म्यानेजर दिपक रावतले बताएका छन् । 

रारा घुम्न आउने पर्यटकहरुलाई  डुङ्गामा सवार गरी आम्दानी गरेर घर परिवार चलाउने उद्देश्यले नियमित डुङ्गा चलाउन आएपनि हिजो आज पर्यटकहरु बाटो असहजका कारण पर्यटक नआउदा दिनभरी घाम तापेर बस्नु परेको छ, हिजो-आज पर्यटक नआउदा रारा सुनसान रहेको डुङ्गा चालक लोक बहादुर रोकायाले बताएका छन् । 

नेपाल सरकारबाट पर्यटन बर्ष घोषणा २०२० गरिसकेपछि प्रतिकुल मौसमको कारण मंशिरबाट हिमपात हुँदा बाटो बन्द भएको कारण रारामा पर्यटकहरुको चहल-पहल नभएको देखिन्छ । पर्यटकहरुको सहजका लागी पर्यटक सुचना केन्द्र, भ्यू टावर, पदमार्ग, नेचर गाईड, चर्पि लगाएत अन्य गतिबिधि गरिरहेको भएता पनि हिजो-आज रारामा पर्यटकहरु शुन्य रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयको संरक्षक अधिकृत लाल बहादुर भण्डारीले बताएका छन । 

पर्यटकको मन लोभ्याउने कर्णाली प्रदेशको सबैभन्दा महत्वपूर्ण गन्तब्य रारा मात्र नभई मुगु जिल्लामा रहेको अन्य पर्यटकीय गन्तब्य चंखेली, चुचेमारा, मुर्मा टप, कोहिजी मरका हिमाल, छायानाथ, ऋमोक्षे, सातदह, दुत ताल, मुगु गाँउ, बभन बोल्र्ने गुम्बा, तिहार बगर, थार्पमस्टा, सोरु तातापानि, खेस्ममालिका लगाएत अन्य धार्मिक सास्कृतिक, ऐतिहासीक स्थान मुगु नदी लगायतका अन्य स्थानमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरु समेत घटेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने