२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट

२०७७, २७ जेष्ठ मंगलवार ०८:१२

जेठ २७, स्याङ्जा । पर्वतीय पर्यटन प्रवद्र्धन गर्न भिरकोट नगरपालिका योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यमबाट नगरको विकासका साथै नगरवासीलाई रोजगारीसमेत दिने भन्दै नगरपालिका  योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं विभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर ती क्षेत्रको वृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख छायाँराम खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी नगरभित्र सम्भावना भएका पर्यटकीय एवं धार्मिक क्षेत्रहरुको संरक्षण गर्दै यी क्षेत्रहरुको बृहत्तर विकासका लागि योजना बनाइरहेका छौँ, योजनालाई अन्तिम रूप दिइसकेपछि कामको शुरुआतमा लाग्ने छौँ ।”

 प्याराग्लाइडिङका लागि निकै उपयुक्त ठाउँको रूपमा रहेको सो नगरपालिका–५ मा पर्ने स्वरेक मैदान स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको यस क्षेत्रसँगै अन्य ठाउँमा समेत भौतिक निर्माणका कामसमेत भइरहेका छन् । अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितासमेत सम्पन्न भइसकेको स्वरेक मैदान जाने सडकका साथै पर्यटकको बसाइका साथै आवश्यक पर्ने अन्य भौतिक निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

गुरुयोजनाभित्र भिरकोट नगरपालिका–५, ८ र ९ को समिपमा रहेको चितपानी फलातेमा ताल निर्माणदेखि स्वरेक मैदानदेखि गडहरे गुफा र ओखतीपानी होमस्टेलाई साइकलमार्गले जोड्ने योजनासमेत रहेको छ । विष्णु भगवान्को मूर्ति निर्माण गर्नुका साथै स्वरेक मैदानमा रहेको सल्लाघारीमा मिनी चिडियाखानासमेतको निर्माण गरिने गुरुयोजनामा रहेको छ । वृहतर पर्वतीय पर्यटन विकास गुरुयोजनालाई अन्तिमरूप दिनुपूर्व त्यस ठाउँको स्थलगत अवलोकनसमेत गरिएको वडा नं ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने