२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

पर्यटन व्यवसाय सञ्चालन हुने

२०७७, १२ श्रावण सोमबार ०७:१०

साउन १२, नुवाकोट | नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोणलगायतका पर्यटन व्यवसाय यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालको अध्यक्षतामा आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा हालसम्म भएका प्रयासको समीक्षा गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्ने गरी सामूहिक भोज पार्टी सेमिनार वा अन्य सामूहिक भेला हुने बाहेक साउन १५ गतेदेखि जिल्लास्थित होटलरेष्टुरेण्ट, ट्रेकिङट्राभल तथा पर्वतारोणलगायतका पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार  बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी छोटो मध्यम र लामो दुरीका जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन आगामी भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आगामी भदौ १ गतेदेखि जिल्लाका विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षाहरु सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले तोकेको मापदण्डअनुसार खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल सञ्चालन गर्न पाउने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै, नेपाल सरकारको अर्को सूचना आएपछि मात्रै तोकिएको सेवा र कार्यहरु जस्तै शैक्षिक संस्था, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सैलुन ब्यूटीपार्लर, तथा स्पा, स्विमिङ पुल जिमखाना हेल्थ क्लब, समूहमा खेलिने खेलकूद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभयो । 

रु दुई करोड १५ लाखभन्दा बढी राजश्व सङ्कलन

जिल्ला प्रशासन कार्यालय नुवाकोटले रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरिएको छ । 

कार्यालयले गत आर्थिक वर्षमा राहदानी शुल्क दस्तुरअन्तर्गत रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका लेखापाल उज्वल दनवारले बताउनुभयो । त्यस्तै गत आर्थिक वर्षमा कार्यालयले प्रशासनिक दण्डजरिवाना र जफत दस्तुरअन्तर्गत रु ७५ हजार १३०, हातहतियारको कागजपत्र दस्तुरअन्तर्गत चार हजार ७४०, एजेन्सी रजिष्ट्रेशन दस्तुरबापत दुई लाख ३७ हजार ९२०, परीक्षा शुल्क दस्तुरबापत नौ हजार २०० र बेरुज फिर्ता दस्तुरबापत २१ हजार १४१ गरी कूल रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने