२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाको तिला नदीमा र्याफ्टिङ सफल परीक्षण, याफ्टिङमा रमाउनेको भिड (७ तस्बिर)

२०७७, १७ श्रावण शनिबार ०४:२४

दान बहादुर बुढा | साउन १७, मुगु | जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार नजिकै रहेको तिला नदीमा र्याफ्टिङ परिक्षणमा सफल भएको छ ।

र्याफ्टिङ परिक्षण सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ ।


अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्याफ्टिङ चलिरहेको छ । र्याफ्टिङका लागि जुम्लामा दुई वटा बोट ल्याइएको छन । गो कर्णालीका सञ्चालक ललित महतले अफ सिजनमा पनि तिला नदीमा र्याफ्टिङ चलाउन उपयुक्त रहेको हुनाले यो ब्यावसाय सन्चालनमा ल्याएको बताएका छन् । उनले भने, 'र्याफ्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ, एक दिनमा एक पटक र्याफ्टिङ चलिरहेको छ ।' आन्तरिक तथा बाह्य पर्यटकको जुम्ला बजारमा बसाई लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तिला नदीमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका हुन । 


छोटो प्याकेज अन्तर्गत दानसाँघु देखि श्रीढुस्कासम्मको प्याकेजका प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने छ । लामो प्याकेज दानसाँघु देखि राँका  सम्म तोकिएको छ । यहाँसम्म प्रति व्यक्ति दुई हजार रुपैयाँ शुल्क लाग्ने छ । 'फुल डे प्याकेज' का लागि २० हजार रुपैयाँ तोकिएको छ । र्याफ्टिङ पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने र्याफ्टिङ सन्चालकहरुले बताएका छन् । 


दानसाँघुबाट तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाइने व्यवस्था पनि मिलाइएको र्याफ्टिङ सञ्‍चालन कम्पनीले जानकारी दिएको छ । यहाँ आउने पर्यटकले मार्सी चामलको भात, तिलामा पाइने असला माछा समेत खान पाउने छन् । र्याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सी धान, स्याउ बगैंचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिने छ । गर्मी याममा कर्णालीमा र चिसोमा भेरी नदीमा र्याफ्टिङ व्यवसाय  संचालन गरिने योजना रहेको संचालक महतले बताए छन् । उनले भने, 'स्थानीय सरकारसँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदी, पातारासी र गुठीचौरमा समेत संचालन गर्ने योजना  रहेको छ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने