२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारा जाने छोटो बाटो निमार्ण कार्यले तिव्रता लिंदै (६ तस्विर)

२०७७, २ भाद्र मंगलवार १०:३९

दान बहादुर बुढा | भदौ २, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठुलो ताल रारा जाने छोटो दुरीको पर्यटकिय मार्ग निमार्णको कार्यलाई तिव्रता दिईएको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा रहेको नेपाल कै ठुलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमान स्थलसम्म ९ किमी  र त्यहाँ बाट माथिल्लो मिलिसम्म ३  किमी भएर १२ किमी पार गरेर जानुपथ्यो नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुदै पासाहाल्न सम्मको ७ किमी दुरी छोटो हुने सडमक  निमार्णलाई तिव्रता दिएको छ ।

पर्यटकहरु कणाली राजमार्ग भएर रारा आउने र दुरी टाढा हुदा सदरमुकाम गमगढी नझरेर फकर्ने गदै आएका छन सदरमुकामको सिरानमा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि त्यसको फाईदा गमगढीका ब्यापारि र स्थानिय बासीले फाईदा लिन सकेको छैनन ।

अब सदरमुकाम बाटै छोटो दुरीको पर्यटकिय मार्र्ग निमार्ण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाईय पर्यटकहरु जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन ।

रारा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि यहाँ खान,बस्नको भरपर्दो व्यवस्था नहुदा स्वर्गमा आएर बास,गासको समस्या भोग्नु परेको पर्यटकहरुले गुनासो गदै आएका थिए । 

सदरमुकाम बाटै छोटो दुरीमा रारा पुग्ने पर्यटकिय यो सडक निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधा सम्पन्न होटलहरुमा पर्यटकहरु बास बस्न,रारा घुमेर पुन बास बस्न सदरमुकाम मै आउन सक्नेछन ।

रारामा ताल बाहेक अन्य पर्यटककिय स्थलहरुको विकास र प्रचार प्रसार नहुदा पर्यटकहरु बसाई छोटाएर फर्कने गरेका थिए,सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर,छायाँनाथ,ऋणीमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनु का साथै रु १ मा अंकिल चंखेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकहरुको बसाई लम्विनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुको प्रचार प्रसार हुनेछ ।

यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जादा बाटोमा पर्ने तलितुम,सायाँखोला र माथीतुम गाँउहरुको ग्रामिण रहन,सहन,चाल,चलन,धर्म,संस्कृतिहरु देख्न पाईनेछ भने यो मार्गको निमार्णले ग्रामिण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ  ।

रारा घुम्न आउने पर्यटकहरुलाई सदरमुकाम तर्फ तान्न र पर्यटकहरुलाई यहाँ रहेका रारा बाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने उदेश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारापर्यटकिय मार्ग निमार्ण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनु भयो ।


गत आर्थिक बर्षमा नगरपालिकाले यो मार्ग निमार्णका लागी ५९ लाख रकम विनियोजन गरेको थियो भने यो बर्ष पनि यो मार्गलाई निरन्तरता दिई निमार्णका लागी बजेट छुटाएको छ ।

स्थलगत अनुगमन गर्दा काम सन्तोष जनक पाईएको र चालु आवमा सम्पन्न हुनेगरि कामको रप्तार बढाउन निमार्ण उपभोक्ता समितीलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो चालु आर्थिक बर्ष मै यो मार्ग सम्पन्न  भएर बैशाखबाट नै रारा जान प्रयोगमा आउछ ।


यो मार्ग निमार्णका लागी पटक पटक विभिन्न जिल्ला स्तरिय बैठक, फोरमहरुमा कुरा उठाएको बल्ल नगरपालिका बाट सदरमुकाम बासीहरुको सपना पुरा हुन लागैको र यो मार्ग संचालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसायहरु फस्टाउने उद्योग बाणिण्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताउनु भयो ।

यो पर्यटकिय मार्ग निमार्णका लागी छायाँनाथ रारा नगरपालिकाले आर्थिक बर्ष ०७४/०७५ मा ५ लाख,०७५/०७६मा २० लाख र गत आंःबमा ५० लाख छुटाएर खर्च गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने