२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो

२४ भाद्र २०७७, बुधबार १०:२६

भदौ २४,  बनेपा । पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुग्नुभयो । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुग्नुभएका उहाँले भन्नुभयो, “हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।” त्यहाँसम्म पुग्नको लागि बाटो असहज भएपनि झरना आकर्षक भएकाले त्यसको लागि स्थानीय सरकारले पर्यटन प्रबद्र्धनमा ध्यान दिए पर्यटकको आकर्षक थलो बन्ने उहाँको भनाइ छ ।

बनेपाका सुमन मानन्धरले पनि साथीसँग सो झरनामा रम्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “झरना हेर्न जाने अवसर मिल्यो, धेरै राम्रो रहेछ । यो ठाउँलाई पर्यटन प्रबद्र्धनको लागि योजनाबद्ध रुपमा विकास गर्न आवश्यक छ ।” धेरै मासिनको भीड लाग्ने गरेको कारण सवारी पार्किङको व्यवस्थापनसहित अन्य पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “ठाउँ समणीय भएको कारण त्यहाँका तस्बिर मात्रै देख्नेहरु पनि जान मन गर्नेछन्”, मानन्धरले भन्नुभयो ।

बनेपाकै अर्का स्थानीय यादव फैंजु पनि आफ्ना सात साथीका साथमा सो झरना अवलोकन गर्न त्यहाँ पुग्नुभयो । “सामाजिक सञ्जालमा धेरै प्रचार भएको देखेपछि झरना अवलोकन गर्न आइतबार गएको थिएँ, धेरै आकर्षक र मनमोहक लाग्यो”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा देखेकोभन्दा वास्तविकता अझै सुन्दर पाएँ ।” त्यहाँसम्म पुग्ने यातायातको सहज व्यवस्था बनाएको खण्डमा प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटनको पहिलो गन्तब्य बन्ने फैंजुले बताउनुभयो । बनेपा–नमोबुद्ध–दाप्चा–पिपलटार–फलामेसाँघ हुँदै काफलडाँडासम्म अच्ची मोटरबाटो गएपछि करिब एक किलो मिटर गोरेटो बाटो हिडेपछि सो झरनामा पुग्न सकिन्छ ।

झरना अत्यन्तै मनमोहक भएको कारण केही दिन यतादेखि रोशी–२ मा रहेको ‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो लाग्दै आएको छ । कोरोना कहरकै बीचमा पनि विशेषगरी शहर बजार क्षेत्रका मानिस घुम्न त्यहाँ पुग्ने गरेका हुन् । महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ । स्थानीय सरकारले कोरोनाको सङ्क्रमणको प्रभावका कारण भीडभाड नगर्न आग्रह गर्दै सो ठाउँमा आवतजावत कम गर्न आग्रह गरेको छ । पर्यटकीय झरनामा बन्दाबन्दीको पछिल्लो समयमा टाढाटाढाबाट हुने आगमन बढेको कारण सङ्क्रमण फैलिन सक्ने भन्दै नयाँ मानिसको आगमन नगर्न आग्रह गरेपनि दैनिक रुपमा मोटरसाइकलमा झरना हेर्न आउनेको भीड उतिकै रहेको वडा नं. २ का वडा अध्यक्ष पोते लामाले बताउनुभयो । “दैनिक २०० सम्म मोटरसाइकल आउने गरेका छन् । कोरोना सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता अपनाउन प्रयत्न गरेपनि झरना हेर्न आउनेको घुँईचो उतिकै छ ।” उहाँले भन्नुभयो, “पछिल्ला समयमा दैनिक चार/पाँच सय झरनामा आउने गरेका छन् ।” तीन वर्ष अगाडि ड्रोनमार्फत दृश्य कैद गरेर प्रचार/प्रसार गर्न थालेपछि विस्तारै पर्यटन आगमन बढ्न थालेकोमा अहिले धेरै बृद्धि भईसकेको उहाँले बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले पालिकाभित्रको पर्यटकीय क्षेत्रको सम्भावित ठाउँको पहिचान गरी पर्यटन प्रबद्र्धनको काममा लागिपरेको बताउनुभयो । त्यसमध्ये तीनधारे झरनाको लागि यसै आर्थिक वर्षमा पनि बजेट छुट्याईसकेको र पर्यटन प्रबद्र्धनको लागि पर्यटन बोर्डसँग समन्वय गरेर काम गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यससँगै सो क्षेत्रको लागि वडा नं ३ मा रहेको गुरु रेन्पोछे (गुरु पद्मसम्भाव) को मूर्ति र सो ठाउँबाट पूर्वपट्टि करिब एक किलोमिटर अगाडि रहेको महाङ्काल देवीस्थान धार्मिक पर्यटनको लागि उपयुक्त स्थल रहेका छन् । सो झरनासँगै पर्यटन विकासको सम्भावना बोकेको ताराखासे लेक अर्को पर्यटन प्रबद्र्धनको सम्भावना बोकेको क्षेत्र रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य