२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

२०७७, ११ आश्विन आईतवार ०८:१३

असोज ११, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ ।

पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न आग्रह गर्नुभएको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रीले हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिनुभएको बुझिएको छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन निर्देशन दिनुभएको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री भट्टराईले मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिई उक्त निर्णय लिएका बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरण जनाइएको छ । केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको सो छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाइन्स भए पनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एयरलाइन्सलाई दिन निर्देशन दिनुभएको छ । 

एयर इण्डिया र थाई एयरवेजले आवश्यक मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ सेवा उपयोग गर्दै आएको स्रोतले जनाएको छ । प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिने सक्ने प्रावधान छ । हिमालय एयरलाइन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ । 

यसैबीच प्राधिकरणले विज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सलाई आफैँ गर्न पाउने ग्राउण्ड ह्याण्डलिङ अनुमति दिइएको विषयलाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

ग्राउण्ड ह्याण्डलिङ निर्देशिको व्यवस्थाबमोजिम हिमालयले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाका लागि गत चैत ७ गते निवेदन दिएको र प्राधिकरणको भदौ २८ को निर्णयअनुसार उक्त एयरलाइन्सलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । हिमालयबाहेक एयर एण्डिया र थाई एयरवेज इन्टरनेशनलले मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्राप्त गरेका छन् । प्राविधिकरणले हाल नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्न नेपाल वायुसेवा निगमलाई मात्र अनुमति दिएको छ । निगमले आफ्नो अतिरिक्त अन्य २५ विदेशी वायुसेवालाई व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला