'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... 'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

२५ आश्विन २०७७, आईतवार १३:३१

असोज २५, काठमाडौं ।  नेपालको अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट १० गन्तव्यमा परेको छ । घुमघामसम्बन्धी जानकारी दिने विश्वकै चर्चित वेबसाइट 'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई समावेश गरेको हो ।

लोन्ली प्लानेटले कोरोना भाइरसका कारण विश्वभरको पर्यटन क्षेत्र प्रभावित भएको तर अब सुरक्षित तरिकाले भ्रमणको लागि भन्दै विश्वका १० उत्कृष्ट गन्तव्य सार्वजनिक गरेको छ । लोन्ली प्लानेटको उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट दशौँ नम्बरमा परेको छ ।  

वेबसाइटले अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रा भनेको छ । मन्दिर, डाँडापाखा, हिमाल, नदी, स्थानीय जनजीवन आदिको दृश्यावलोकन गर्दै अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दा निकै सन्तुष्टि प्राप्त हुने जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र, तिलिचो ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ, कालीगण्डकी उपत्यकालगायतका ठाउँको वर्णन वेबसाइटमा गरिएको छ । अन्नपूर्ण क्षेत्रको यात्रा चुनौतीपूर्ण, रोमाञ्चक र उत्प्रेरक हुने लोन्ली प्लानेटको दाबी छ । दिनभरिको पदयात्रापछि मिठो खाना र दूध चियासहितको साँझ झनै रोमाञ्चक हुने पनि वेबसाइटले जनाएको छ ।  

लोन्ली प्लानेटका अनुसार विश्वकै घुम्न लायक गन्तव्यको पहिलो ठाउँमा जोर्डनको पेट्राको लस्ट सिटी, दोस्रोमा इक्वेडरको गालापागोस, तेस्रोमा अस्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज, चौथोमा अफ्रिकी देश बोत्सवानाको ओकाभाङ्गो डेल्टा, पाँचौँमा उत्तर अमेरिकाको एल्लोस्टोन नेशनल पार्क परेकाे छ ।

त्यस्तै छैठौँमा स्लोभानियाको ब्लेड ताल, सातौँमा अर्जेन्टिना र ब्राजिलको सीमामा रहेको इग्वाजु झरना, आठौँमा कम्बोडियाको अङ्कोर मन्दिर र नवौँ नम्बरमा बोलिभियाको सालर दी ताल रहेको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य